आज नेप्से परिसुचक ३१.८७ अंकले बढ्दा बजारमा हरियाली छाएको छ । आज बजारमा अधिकांश कम्पनीका लगानीकर्तामा उमंग छाउदा कतिपय कम्पनीका लगानकर्ताहरु भने कम्पनीको सेयर मूल्य घट्दा निराश भएका छन् ।
बिगत केहि दिन देखि लगातार बढिरहेको नारायणी विकास बैंकका लगानीकर्ताहरु आजभने सबैभन्दा बढि हिस्स परेका छन् । आज बैंकको सेयर मूल्य ६.७० प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा नेपाल हाइड्रो,बरुण हाइड्रोपावर,नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयर,बैंक अफ काठमांडौ,सनराईज फ्रस्ट म्युचुअल फन्ड,मन्जुश्री फाइनान्स, सानिमा बैंक डिबेन्चर र नबिल इक्विटी फन्ड रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस