ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशनको अनुमती पायको छ ।
नेपाल धितोपत्र बोर्डको माघ २ गतेको बैठकले कम्पनीलाई आइपिओ निष्काशनको अनुमति दिने निर्णय भएको बोर्डले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि १८ लाख कित्ता सेयर निष्काशनका लागि बोर्ड संग अनुमति माग गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि छुट्ट्यायर बिक्रि नभएको १६ लाख ९६ हजार ४०० कित्ता सेयर पनि सर्वसाधारलाइ बिक्रि गर्ने भएको छ ।
अब कम्पनीको जम्मा ३४ लाख ९६ हजार ४०० कित्त्ता सेयर सर्वसाधारणका लागि जारी हुने भएको छ ।
कम्पनीको आइपिओ बिक्रि प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस