Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आईपिओ बाँडफाँडको मिति तोकियो

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, १६ : ५३ मा प्रकाशित

चन्द्रागिरी हिल्सको आईपिओ बाँडफाँडको मिति तोकियो

चन्द्रागिरी हिल्सले जारी गरेको  साधारण सेयर (आईपिओ) भोली शुक्रबार बाँडफाड हुने भएको भएको छ  । आइपिओ बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले  कम्पनीको आइपिओ बाँडफाडको काम भोलि बिहान १० बजे क्यापिटलको केन्द्रिय कार्यलय नक्सालमा हुने जनाएको छ ।   

कम्पनीको आइपिओमा १२ लाख ५१ ह्जार ९३८ जनाको आवेदन परेकोमा १२ लाख ११ हजार ११५ जनाको मात्र आवेदन सदर भएको हो । यी आवेदकले २ करोड २८ लाख २० हजार २१० कित्ताका लागि आवेदन दिएका छन्।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न गरेको हो ।अब कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको