कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा गरेको लगानीबाट लगानीकर्ताहरुले १८ दिनमा नै राम्रो मुनाफा हासिल गर्न सफल भएका छन् ।
पुस २२ गते बैंकको सेयर धितोपत्र बजारमा २१३ रुपैयामा कारोबार प्रारम्भ भएको थियो । त्यसदिन कुनै समय कम्पनीको सेयर मूल्य घटेर २१० रुपैया प्रतिकित्तामा समेत कारोबार भएको मा उत्त दिनको कारोबारको अन्तिम सम्ममा कम्पनीको सेयर मूल्यमा ५.७१ प्रतिशतले बृद्धि भएर कम्पनीको मूल्य २२५ रुपैयाँ पुगेको थियो ।
पुस ६ गतेबाट सुरु भएको कम्पनीको सेयर मूल्यको उकालो यात्रा आज सम्म पनि कायम नै छ । यो १८ दिनमा नेप्सेको धितोपत्र बजारमा १२ दिन कारोबार भएकोमा सबै दिन कम्पनीको सेयर मूल्यमा सकारात्मक उछाल आएको हो ।
आज कारोबारको क्रममा कुनै बेला कम्पनीको सेयर मूल्य ६०१ रुपैयाँ पुगेको थियो । कम्पनीको सेयर मूल्यले ६०० को आँकडा पार गरेकपछी धितोपत्र बजारमा बिक्रेताहरुको संख्या उल्लेखिय रुपमा बढेपछि कम्पनीको सेयर मूल्यमा केहि गिराट आएपछि अहिले कम्पनीको सेयर ५७० रुपैयाँमा कारोबार भइरहेको छ ।
जम्मा १२ दिनको कारोबारमा कम्पनीको सेयर मूल्य १० दिन ९ प्रतिशत भन्दा बढिले बृद्धि भएको हो । बैंकले पुस २६ गते १ः१.५ को अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमतीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएपछी बैंकको सेयर मूल्यमा उछाल आएको हो  । 
नेप्सेमा जम्मा ४१ लाख कित्ता सेयर सुचिकृत कम्पनीको यो आर्थिक बर्षको पहिलो त्रैमास रिपोर्ट आनुसार कम्पनीको प्रति सेयर आम्दानी जम्मा ५.५४ रुपैयाँ रहेको छ ।   
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस