Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा रेकर्डको बाढीः आज एकै दिन बने ३ नयाँ रेकर्ड !

अर्थ संसार

आइतबार, ११ माघ २०७७, १६ : ५९ मा प्रकाशित

सेयर बजारमा रेकर्डको बाढीः आज एकै दिन बने ३ नयाँ रेकर्ड !

आज आइतबारको कारोबारमा नेपालको सेयर बजारमा ३ नयाँ रेकर्डहरु बनेकाछन् ।

नेपालको सेयर बजारमा दिनहुँ नयाँ नयाँ रेकर्डहरु बनिरहेकाछन् अघिल्लो साता हरेक दिन जसो नेप्से सर्वाधिक उच्च बिन्दुमा पुगेको रेकर्डहरु बनेका थिए ।  बिहिबारको कारोबारमा नेप्से परिसुचक ३१.८७ अंकले बढेर सर्वाधिक उच्च बिन्दु २३७४.६४ को बिन्दुमा पुगेको थियो ।

आज बनेका तिन नयाँ रकर्डहरु  
१.नेप्से परिसुचकः आज नेप्से परिसुचक ५०.५२ अंकले बढेर २४२४.८४ को बिन्दुमा पुगे संगै आज नेप्से परिसुचकको सर्वाधिक उचाइको रेकर्ड बनेको छ । हाल सम्मको नेप्से परिसुचकको उच्च बिन्दु २३७४.६४ थियो । 

२.सर्वाधिक कारोबार रकमः आज धितोपत्र बजारमा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २०० रुपैयाँ बराबरको कारोबार भयो जुन हाल सम्मकै उच्च रकम हो । यस भन्दा अघि मंशिर १४ गतेको कारोबारमा ९ अर्ब २२ करोड रुपैयाँ बढिको कारोबार भएको थियो ।

३.बजार पुँजीकरण उच्च बिन्दुबिन्दुमाः आज नेप्से परिसुचक ५० अंकले बढेसंगै सेयर बजारको कुल पुँजीकरण पनि सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । आजको बृद्धिसंगै नेपालको सेयर बजारको कुल पुँजीकरण ३१ खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँ भन्दा बढि पुगेको  ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको