Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको अनलाइनमा भद्रगोल, लगानीकर्ता दोधारमा

अर्थ संसार

सोमबार, १२ माघ २०७७, १० : ४५ मा प्रकाशित

नेप्सेको अनलाइनमा भद्रगोल, लगानीकर्ता दोधारमा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटमा भइरहेको लाइभ ट्रेडिंगको तथ्याङ्कमा गंभिर त्रृटी देखिएको छ ।

नेप्सेको मार्केट डेप्थमा आइतबार आइसीएफसी फाइनान्स कम्पनीको सेयर ३२६ रुपैयाँमा खरिद गर्न खरिदकर्ताहरु तयार रहदाँ कम्पनीको अन्तिम मूल्य भने २ रुपैयाँले घटेर ३१२ रुपेयाँमा कारोबार भएको देखाइएको थियो ।

यस्तै भद्रगोल तथ्यांक बिहीबार गोर्खाज फाइनान्स कम्पनीको सेयरको मार्केट डेप्थमा पनि देखिएको थियो । उक्त कम्पनीको सेयर मूल्यमा सर्किट लागेर ४१२ रुपैयाँमा अन्तिम कारोबार भएको देखाइएको थियो । त्यही समयमा मार्केट डेप्थमा ३६५ रुपैयाँमा सेयर बिक्रिमा राखिएको देखाइएको थियो ।

त्यसैगरी आइतबार नेप्सेको वेबसाइटमा पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बृद्धि भएर २६४ रुपैयामा अन्तिम कारोबार देखाइएको तर त्यहि कम्पनीको सेयर २४४ रुपैयाँमा ११५८ कित्ता सेयर बिक्रि अनुरोधमा देखाइएको थियो ।

नियमानुसार कुनै पनि कम्पनीको सेयरको अन्तिम कारोबार मूल्यमा जम्मा २ प्रतिशत रकम घटायर वा बढायर खरिद बिक्रिका लागि अनुरोध गर्न सकिन्छ तर यहाँ त्यसो भएको देखिदैन । यहाँ आइसिएफसी कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य भन्दा ४.४८ प्रतिशतभन्दा बढी रकम बढाएर खरिद अनुरोध गरिएको देखिन्छ भने गोर्खाज फाइनान्स कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य भन्दा ११.४० प्रतिशतले मूल्य घटाएर सेयर बिक्रिका लागि अनुरोध गरेको देखिन्छ ।

कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिनमा १० प्रतिशतले बढेमा वा घटेमा त्यस्तो कम्पनीको कारोबारमा सर्किट ब्रेक लगाएर त्यसदिनका लागि उक्त कम्पनीको सेयर कारोबार रोक्का गर्ने गरिन्छ ।

मार्केट डेप्थ र अन्तिम कारोबार मूल्य मनलाग्दी देखिँदा लगानीकर्ताहरु झुक्किएका थिए । अन्तिम कारोबार मूल्य र मार्केट ठेप्थमा खरिद विक्री अर्डर दिइएको मूल्यमा आनको तान फरक छ, एक लगानीकर्ताले भने, अब कुन मूल्यमा सेयर किनबेच गर्न अर्डर गर्ने?

१० कित्ता आईपिओले विकृती ल्यायो, नेप्सेबाट काम नै भएन | Bhismaraj Dhungana | Share Split के सम्भव छ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको