Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको आईपिओ बाँडफाँड कहिले ?

अर्थ संसार

सोमबार, १२ माघ २०७७, ११ : २८ मा प्रकाशित

निफ्राको आईपिओ बाँडफाँड कहिले ?

सबै लगानीकर्ताको चासो रहेको नेपाल पुर्वाधार विकास बैंक(निफ्रा) आईपिओ बाँडफाँडको मिति अझै अनिष्चित रहेको आइपिओ बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । 

माघ ६ गते सम्म आवेदनको अन्तिम मिति रहको कम्पनीको आइपिओमा हाल सम्मकै उच्च संख्यामा आवेदन परेको थियो । हाल सम्मकै उच्च संख्यामा आईपिओ माग भएको र उच्च संख्यामै आवेदन परेकाले आवेदन भेरिफाइका लागि समय लागेको क्यापिटलले जनाएको छ । 

अहिले आवेदकबाट आएको आवेदनको भेरिफाइको काम चलिरहेकोले यकिन कहिँले सम्ममा बाँडफाँड हुन्छ भनेर अहिले नै भन्न नसकिने क्यापिटलका एक अधिकारीले अर्थसंसार लाइ बताए। 

बैंकले माघ २ गते, देखि माघ ६ गते सम्म सर्वसाधारणका लागि आइपिओ खुला गरेको थियो ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएको थियो । 

निफ्राको आइपिओमा ७ करोड ५८ लाख चालिस हजार कित्ता सेयरका लागी १५ लाख ५० हजार ९३ जनाको आवेदन परेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको