सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साताैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  
संस्थाकाे माघ ८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा फागुन ५ गते बुधबार, लहरीखर्क रिसाेर्ट, साँगा, काभ्रेपलाञ्चाेकमा बिहान ११ बजेबाट सुरू हुनेछ । 
सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।
संस्थाले साधारण सभा प्रयाेजनका लागि माघ २५ गते बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ २४ गतेसम्म नेप्सेमा काराेबार भएर कायम सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 
संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस