Like us!
Follow us!
Connect us!
Watch us!

भोलीबाट नारायणी विकास बैंकको हकप्रद सेयरको आवेदन खुल्दै,क–कसले दिन पाउँछ आवेदन ?

अर्थ संसार

सोमबार, १२ माघ २०७७, १२ : ५८ मा प्रकाशित

भोलीबाट नारायणी विकास बैंकको हकप्रद सेयरको आवेदन खुल्दै,क–कसले दिन पाउँछ आवेदन ?

भोलि माघ १३ गतेबाट नारायणी विकास बैंकको हकप्रद सेयरको आवेदन खुल्ला हुने भएको छ । 

बैंकले १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशनका लागि पुस ३० गते नेपाल धितोपत्र बोर्डबाट अनुमती पायको थियो ।

बैंकले १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५६ हजार १६९ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यो हकप्रद बिक्रीपछि बैंकको चुक्तापुँजी १३ करोड १२ लाख रुपैयाँ पुग्नेछ ।बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

बैंकले हकप्रद सेयर वितरण तथा वार्षिक साधारणसभा प्रयोजनार्थ गत पुस २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। 

बैंकको पुस २८ गतेसम्म कायम सेयरधनीहरुले सेयरधनीहरुले काठमाण्डौको जमलस्थित ग्लोबआईएमई क्यापिटलको कार्यालय, नारायणी डेभलपमेन्ट बैंकको रजिस्टर्ड कार्यालय वा चितवनका वकुलहर, टाँडी, बीपीकेएम, क्यान्स हस्पिटल र भतरपुर हस्टिल कम्पाउन्डमा रहेका शाखाहरुमा गएर आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताहरुले ढिलामा फागुन ३ गते बैंकिङ समय सम्ममा बैंकको हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको