Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

अर्थ संसार

सोमबार, १२ माघ २०७७, १३ : ५५ मा प्रकाशित

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । बैंकले ७ वर्ष अवधिकाे "विकास ऋणपत्र २०८४ (ङ)" नामकाे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । उक्त ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण गर्ने बैंकले जनाएको छ ।

यसैगरी, उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । याे ऋणपत्र धिताे राखी कर्जा लिन/दिन पाइनेछ । उक्त ऋणपत्रकाे बाेलकबाेल माघ १३ गते मंगलबार अपरान्ह २ बजेसम्म हुनेछ । माघ १४ गते निष्कासन भएर उक्त ऋणपत्रकाे साँवा २०८४ साल माघ १४ गते भुक्तानी हुनेछ । 

त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात्  ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रूपैयाँ छुट्याइएको छ । 

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

600e7d7115cd3.jpg 600e7d7142714.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको