Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकले पठायो नेप्सेमा स्पष्टिकरण, जवाफ यस्तो

अर्थ संसार

सोमबार, १२ माघ २०७७, १४ : १९ मा प्रकाशित

एनसीसी बैंकले पठायो नेप्सेमा स्पष्टिकरण, जवाफ यस्तो

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले नेप्सेद्धारा हिजो मागियको स्पष्टीकरणको जबाफ पठाएको छ। 

नेप्सेको कारोबार प्रणालीमा बैंकको सेयरको माग एकाएक उच्च  देखिएकोले मूल्यमा असर गर्ने कुनै सूचना वा निर्णय गरेको भएमा सोको जबाफ पठाउन भन्दै नेप्सेले हिजो आइतबार एनसीसी बैंकलाई पत्र पठाएको थियो सोही पत्रको जबाफमा  बैंकले आज नैप्सेलाइ एक पत्र लेख्दै बैंकका तर्फबाट मूल्यमा प्रभाव पार्ने किसिमका कुनै निर्णय तथा कार्य नभएको नगरेको स्पष्ट पारेको छ।

नेप्सेले हिजो आइतबार लेखेको पत्रमा पत्र प्राप्त भएको मितिले ३ कार्यदिनभित्र चित्तबुझ्दो जबाफ पठाउन भनेको थियो।

बैंकले लाभांश प्रस्तावसम्बन्धी जानकारी नियमसंगत ढंगले गत पुस ३ गते नेप्सेलाई जानकारी गराइएको र गत माघ ९ गते सम्पन्न बार्षिक साधारण सभाले लाभांश अनुमोदन पनि गरिसकेको र यसबाहेक नेप्सेको कारोबार प्रणालीमा मूल्यलाई प्रभाव पार्ने हालसम्म अन्य कुनै निर्णय नभएको बैंकद्धारा लिखित पत्रमा उल्लेख भनिएको छ। ।

एनसीसी बैंकले नेप्सेमा पठायको पत्रः

600e98fe353e7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको