Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

बुधबार, १४ माघ २०७७, ०८ : ३८ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ ।

कम्पनीकाे ३१ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार १ सय ९२ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ८ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीकाे बिसाैँ वार्षिक साधारण सभा माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा हुँदैछ ।

सभामा आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस सेयर र २०  प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा कम्पनीको प्रति सेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पेश हुँदैछ । याे प्रस्ताव नियामक निकायले स्वीकृति दिएपछि मात्र लागू हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको