Like us!
Follow us!
Connect us!
Watch us!

ज्योती विकास बैंकको नाफा बढ्यो, इपिएस कति ?

अर्थ संसार

बुधबार, १४ माघ २०७७, ११ : ०९ मा प्रकाशित

ज्योती विकास बैंकको नाफा बढ्यो, इपिएस कति ?

ज्योती विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

दोस्रो त्रैमाससम्म आइपुग्दा बैकको खुद मुनाफामा अघिल्लो बर्षको तुलनामा ८.८२ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा बैंकको खुद मुनाफा २८ करोड ८ लाख रुपैयाँ रहेकोमा यो बर्ष बैंकले  ३० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

अघिल्लो बर्षको तुलनामा यो समिक्षा अवधि सम्ममा बैंकको खुद ब्याज मुनाफा भने घटेको छ । अभिल्लो बर्ष यो अवधिसम्ममा बैंकले ७३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष भने बैंकले ६४ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

चुक्ता पूँजी तीन अर्ब ४९ करोड ५२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८६ करोड ५९ लाख रुपैयाँ र शेयरधनी कोषमा ५१ करोड रुपैयाँ ९ लाख रुपैयाँ सञ्चित गरेको छ ।

बैंकको नाफा बढेसंगै प्रतिसेयर आम्दानीमा पनि बृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्त सम्ममा १६ रुपैयाँ ७ पैसा रहेको बैंकको इपिएस चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बढेर १७ रुपैयाँ ४९ पैसा पुगेको छ । 

बैंकले सार्वजनिक गरेको वित्तीयर्नुहोस्ः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको