Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सको नाफा २०.९० प्रतिशतले घट्यो

अर्थ संसार

बुधबार, १४ माघ २०७७, १२ : १४ मा प्रकाशित

मञ्जुश्री फाइनान्सको नाफा २०.९० प्रतिशतले घट्यो

मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त सार्वजनिक विवरण अनुसार फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २०.९० प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा १४ करोड ३३ लाख रुपैयाँ रहेको थियो। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाले सञ्चालन मुनाफाबापत ९ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १० करोड १ लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म संस्थाले खुद व्याज आम्दानीबापत ३० करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १९ करोड ६९ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको प्रतिसेयर आम्दानी २३.३९ रुपैयाँ, पीई रेसियो १५.०३ गुणा र प्रतिसेयर नेटवर्थ १४२.१० रुपैयाँ रहेको छ। 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

60110902f0176.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको