Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तको नाफा घट्यो,प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, १४ माघ २०७७, १३ : ०३ मा प्रकाशित

आरएमडीसी लघुवित्तको नाफा घट्यो,प्रतिसेयर आम्दानी कति ?

आरएमडिसी लघुबित्त संस्थाले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

संस्थाको दोस्रो त्रैमाससम्मको बित्तिय विवरण अनुसार संस्थाको खुद मुनाफा घटेको छ । अघिल्लो बर्षको तुलनामा संस्थाको खुद मुनाफामा २१.४९ प्रतिशतले कमि आएको हो ।  
अघिल्लो बर्ष यस अवधिमा संस्थाको खुद मुनाफा १४ करोड ६१ लाख रुपैयाँ रहेकोमा यो बर्ष नाफा घटेर  ११ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।  

अघिल्लो आर्थिक बर्षको तुलनामा यो बर्ष संस्थाको सञ्चलन मुनाफा र ब्याज आम्दानी दुबैमा कमि आएको छ । अघिल्लो आर्थिक बर्षको यस अवधिमा संस्थाले सञ्चालन मुनाफा २२ करोड ८३ लाख रुपैयाँ आर्जन गरेकोमा अहिले यो शिर्षकको आम्दानी घटेर १८ करोड १९ लाख रुपैयाँमा सिमित बनेको छ । त्यसैगरी संस्थाले गतबर्ष ब्याज आम्दानीतर्फ २३ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेकामा या बर्ष उत्त रकम पनि घटेर २० करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ। 
समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा भने केहि बृद्धि भएको छ । अघिल्लो बर्ष रिजर्भमा १ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा यो बर्ष त्यो रकम बढेर १ अर्ब ६३ करोड रुपैयाँको पुगेको छ।

यो अवधिमा संस्थाको चुक्तापुँजीमा भने २० करोड रुपैयाँले बृद्धि भएको छ । संस्थाको चुक्ता पुँजी ८९ करोड ९३ लाख रुपैयाँबाट बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

संस्थाको आम्दानी घटेसंगै लगानीकर्ताहरुको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि ह्रास आएको छ । गत वर्ष संस्थाको ईपीएस ३२ रुपैयाँ ५१ पैसा रहेकोमा यो घटेर २२ रुपैयाँ १९ पैसामा सीमित बनेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको