Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको आईपिओः ५० कित्ता सम्म आवेदन दिने सबैले पाउने,६० कित्ता पाउने भाग्यमानी कति ?

अर्थ संसार

बुधबार, १४ माघ २०७७, १६ : २१ मा प्रकाशित

निफ्राको  आईपिओः ५० कित्ता सम्म आवेदन दिने सबैले पाउने,६० कित्ता पाउने भाग्यमानी कति ?

नेपाल पुर्वाधार बैंक (निफ्रा) को आइपिओमा ५० कित्ता सम्म आवेदन दिने आवेदकहरुले माग बराबरको सेयर पाउने भएका छन् । 

आज प्रिअलटमेनटको काम आज सम्पन्न भइसकेकाले अब शुक्रबार बिहान १० बजे गर्ने क्यापिटलले जनाएको छ । 

प्रि अलोटमेन्ट अनुसार १४ लाख ७५ हजार ८० वटा याेग्य आवेदन रहेका छन् भने ६ हजार २ सय ७६ जनाको आवेदन रद्द भएकाे छ । जसअनुसार ५० कित्तासम्म आवेदन दिने सबैले मागे अनुसार नै पाउनेछन् । त्यसपश्चात ६० कित्ता र त्यहाँ भन्दा माथी आवेदन दिनेकाे गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता गरी ६० कित्तासम्म शेयर प्राप्त गर्नेछन् ।

बैंकको आइपीओमा १५ लाख २९ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बरारबको १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको ७ करोड ५८ लाख ४० हजार भन्दा २।४९ गुणा बढी आवेदन हो । नेपालमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो ।

बैंकको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुनाले सबैजनाले माग गरे अनुसार पाउँदैनन् । तर आवेदन गर्ने सबै जनाले करिब ५० कित्ता सेयर पाउने भने पक्का रहेको छ । ५० कित्तासम्म माग गर्नेहरूले मागे अनुसार नै सेयर हात पार्ने देखिन्छ भने ५० कित्ता भन्दा धेरै माग गर्नेहरूले कति कित्ता हात पार्नेछन् भन्ने कुरा यकिन भइसकेको छैन । आज प्रि अलोटमेन्ट पश्चात थाहा हुनेछ ।

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको