Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको आइपिओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

सोमबार, १९ माघ २०७७, ०९ : २१ मा प्रकाशित

निफ्राको आइपिओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपीओ) काे बाँडफाँड माघ १६ गते, शुक्रबार सम्पन्न भएकाे छ । अब दाेश्राे बजारमा बैंककाे काराेबार पनि छिट्टै नै हुनेछ ।

बाँडफाँड भएदेखि हाल प्राय सबै लगानीकर्तामा निफ्राकाे आइपिओ कति ओपनिङ रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले बैंककाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ११३ रूपैयाँ ६२ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३४० रुपैयाँ ८६ पैसा हुन्छ ।

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

बैंककाे आइपीओमा १५ लाख २९ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बरारबकाे १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका थिए । याे सर्वसाधारणका लागि माग गरिएकाे ७ करोड ५८ लाख ४० हजार भन्दा २.४९ गुणा बढी आवेदन हो । नेपालमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो । उक्त आइपीओमा १४ लाख ७५ हजार ८० वटा याेग्य आवेदन रहेका थिए भने ६ हजार २ सय ७६ जनाको आवेदन रद्द भएकाे थियाे । 

यस आइपीओमा १० कित्ताका दरले आवेदन दिने ३४ हजार ३० आवेदकले ३ लाख ४० हजार ३ सय कित्ता, २० कित्ताका दरले दिने २९ हजार ८ सय ५४ आवेदकले ५ लाख ९७ हजार ८० कित्ता, ३० कित्ताका दरले दिने २० हजार २ सय ४८ आवेदकले ६ लाख ७ हजार ४ सय ४० कित्ता, ४० कित्ताका दरले दिने १६ हजार ९ सय ३४ आवेदकले ६ लाख ७७ हजार ३ सय ६० कित्ता र ५० कित्ताका दरले दिने १ लाख ७९ हजार ९ सय ३८ आवेदकले ८९ लाख ९६ हजार ९ सय कित्ता शेयर हात पारेका थिए । यसैगरी, ५० कित्ताभन्दा माथि आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकले पनि ५० कित्ता नै शेयर पाएका थिए । यसरी हेर्दा कुल ७ करोड ९ लाख १९ हजार २ सय ८० कित्ता शेयर बाँडफाँड गरिएको थियाे । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको