Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जना फाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १२ : २६ मा प्रकाशित

सिर्जना फाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

सिर्जना फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले २ करोड ३२ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २५.६१ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले ३ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

दोस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले १८ करोड १६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ३४.५९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले १३ करोड ४९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । 

यसैगरी, अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष फाइनान्सको सञ्चालन मुनाफा पनि घटेकाे छ । फाइनान्सकाे सञ्चालन मुनाफा २५.६१ प्रतिशतले घटेर ३ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले ४ करोड ४६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । 

फाइनान्सकाे चुक्ता पुँजी ८४ करोड ७८ लाख रुपैयाँ, जगेडा काेषमा १७ करोड ८१ लाख रुपैयाँ,  प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ १३ पैसा रहेकाे छ ।

फाइनान्सले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ  :

6017a53f01aef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको