Like us!
Follow us!
Connect us!
Watch us!

फेरी घट्यो सुनको भाउ, कति पुग्यो तोलाको?

अर्थ संसार

विहीबार, २२ माघ २०७७, ११ : ०६ मा प्रकाशित

फेरी घट्यो सुनको भाउ, कति पुग्यो तोलाको?

नेपाली बजारमा आज (बिहिवार) पनि सुनको भाउ घटेको छ । हिजो (बुधवार) तोलाको  ९२ हजारमा कारोबार भएको सुनको भाउ आज ९ सयले घटेर ९१ हजार १ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । 

त्यस्तै, आज तेजाबी सुनको भाउमा पनि गिरावट आएको छ । हिजो ९१ हजार ५ सयमा कारोबार भएको तेजाबी सुन आज ९ सयले घटेर ९० हजार ६ सयमा कारोबार भएको पनि महासंघले जनाएको छ । 

त्यसैगरी आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । हिजो तोलाको १३ सय २० मा कारोबार भएको चाँदीको भाउ आज २० रुपैयाँले घटेर १३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको