Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक प्रभावमा सेयरबजार !

कृष्ण भट्टराई

शुक्रबार, २३ माघ २०७७, १० : ५९ मा प्रकाशित

राजनीतिक प्रभावमा सेयरबजार !

 धितोपत्रको दोस्रो बजारमा बुधबार कारोबारको प्रारम्भमा नेप्से परिसूचक उत्साहजनक ढंगले उकालो लागिरहेकोमा एकाएक सञ्चार माध्यमहरुमा नेकपाको प्रचण्ड माधव समूहले नेपाल बन्दको घोषणा गरेपछि भने आरोला यात्रा तय गर्यो । 

बुधबारको कारोबारको क्रममा नेप्से परिसूचक सर्वाधिक उच्च बिन्दुमा पुगेको थियो । कारोबारको क्रममा नेप्से परिसूचक २५२०.३७ को बिन्दुमा पुग्दा अलटाइम हाईको रेकर्ड बनेका हो । हासम्मको कारोबारमा नेप्से परिसूचकले छोएको २५२०.३७ को बिन्दु नै सर्वाधिक उच्च बिन्दु हो । 

कारोवारको क्रममा क्रममा अघिल्लो दिनको तुलनामा ४६.६३ अंकले बढेको नेप्से एकाएक ओरोलो लाग्नुमा अन्य कुनै बिषेश कारण नभएर नेपाल बन्दको घोषणा नै मुख्य कारण भएको जानकारहरु बताउछन् । 

\यसरी देशमा आउने विभिन्न पविर्तनले सेयर बजारलाई प्रभावित पारेको यो नै पहिलो घटना भने होइन । देशमा आइरहने विभिन्न राजनितीक परिवर्तनहरुले सेयर बजारलाई नराम्रोसँग प्रभावित गर्ने गरेको छ । 

किन देशमा आउने विभिन्न राजनीतिक परिवर्तनहरुले सेयर बजारलाई प्रत्यक्ष प्रभावित पार्छ भन्ने बिषयमा आम लगानीकर्ताहरुको चासो रहँदै आएको छ । देशको राजनीतिक परिवर्तनहरुले देशको अर्थ व्यबस्थालाइ प्रत्यक्षरुपमा प्रभाव पार्ने गर्दछ, जसको असर सेयर बजारमा पर्न जान्छ । 

राजनीतिक परिवर्तन र अस्थिरताले देशको अर्थतन्त्रलाइ प्रभावित पार्ने हुँदा कम्पनीको मुनाफालाइ प्रभावित पार्दछ । कतिपय अवस्थामा भने यस्तो परिवर्तनले लगानीकर्ताको मनोभावमा प्रभाव पर्न जान्छ । 

राजनीतिक परिबर्तनले सेयरबजार प्रभावित हुने मनोभावनाले लगानीकर्ताले आफूसँग भएको सेयर बेच्न हतारिन्छन्, जसले गर्दा बजारमा खरिदकर्ताभन्दा बिक्रेताको उपस्थिति बढी देखिन्छ । अनि सस्तो मूल्यमा पनि सेयर बेच्न पुग्दछन् । 

राजनितीक परिवर्तनले सेयर बजार प्रभावित हुनुको प्रमुख कारण त्यसले अर्थतन्त्रमा पार्ने प्रभावभन्दा पनि लगानीकर्ताहरुको कमजोर मनोभावना रहेको जानकारहरु बताउछन् । जसरी अहिले बजारमा बन्दको अवज्ञा गर्न जनताहरुका कारण केही हदसम्म नेपाल बन्दको प्रभाव कम देखिने गरेको छ । त्यसरी नै सेयर बजारमा पनि लगानीकताहरुले राजनीतिक परिबर्तनको अवज्ञा गर्न सकेमा सेयर बजार थप बलियो हुन गई नयाँ उचाइ हासिल गर्न सक्ने देखिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको