Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा निफ्राको तहल्का,एक महिनामै लगानीकर्ता मालामाल !

कृष्ण भट्टराई

विहीबार, ०६ फागुन २०७७, ०१ : २० मा प्रकाशित

सेयर बजारमा निफ्राको तहल्का,एक महिनामै लगानीकर्ता मालामाल !

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयरले अहिले दोस्रो बजारमा तहल्का मच्चाइरहेको छ । कम्पनीको सेयर मूल्य दोस्रो बजार कारोबारको ५ दिनमै करिब पाँच गुणाले बृद्धि भएको हो । 

कम्पनीको सेयरको दोस्रोबजार कारोबार आइतबारबाट प्रारम्भ भएको थियो । नेप्सेले बैंकको पहिलो कारोबारका लागि ओपन रेन्ज न्यूनतम  ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार प्रदान गरेको थियो । आइतबारको स्पेशल प्रि ओपनिङ्ग सेसनमा बैंकको कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको थियो । बैंकको १० कित्ता सेयर प्रतिकित्ता ३४० रुपैयाँमा खरिदबिक्री भएको हो ।

बैंकले गत माघ २ गते शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएको थियो ।

बैंकको उत्त आइपीओमा १० कित्ताका दरले आवेदन दिने ३४ हजार ३० आवेदकले ३ लाख ४० हजार ३ सय कित्ता, २० कित्ताका दरले दिने २९ हजार ८ सय ५४ आवेदकले ५ लाख ९७ हजार ८० कित्ता, ३० कित्ताका दरले दिने २० हजार २ सय ४८ आवेदकले ६ लाख ७ हजार ४ सय ४० कित्ता, ४० कित्ताका दरले दिने १६ हजार ९ सय ३४ आवेदकले ६ लाख ७७ हजार ३ सय ६० कित्ता र ५० कित्ताका दरले दिने १ लाख ७९ हजार ९ सय ३८ आवेदकले ८९ लाख ९६ हजार ९ सय कित्ता शेयर हात पारेका थिए । 

एक महिना अघि बैंकको आइपिओमा ५ हजार रुपैयाँ लगानीगर्ने लगानीकर्ताको सेयरको मूल्य आजको मूल्य अनुसार २७ हजार ३ सय रुपैयाँ पुगेको छ । बुधबार  धितोपत्रको दोस्रो बजार कारोबारमा बैंकको सर्वाधिक रकमको कारोबार भएको नेप्सेले जनाएको । बुधबार दोस्रोबजारमा बैंकको ६९ करोड ४३ लाख रुपैयाँ भन्दा बढिको सेयर कारोबार भएको हो । 

कारोबार प्रारम्भ भएको दिन देखिनै बैंकको सेयर मूल्य ९ प्रतिशत भन्दा बढिले बृद्धि भइरहेको छ । कारोबारको पहिलो साता बैंकका लागानीकर्ताहरुका लागि सुखद रह्यो । 

आज बिहिबारको कारोबारमा कम्पनीको सेयरको माग धितोपत्र बजारमा उच्च देखिएको छ । आज दिउसो १ बजे सम्ममा कम्पनीको सेयरको माग १५ लाख भन्दा बढि कित्तोको रहेकोमा बिक्रेताको उपस्थिती देखिदा शून्य देखियो ।

बजारमा बैंकको सेयरको माग उच्च देखिएकाले बैंकको सेयरको मूल्य अझै केहि समय सम्म बढ्न सक्ने सेयर बिष्लेषकहरु ब्ताउन् । बैंकको सेयरको माग बजारमा नघट्दा सम्म सेयर मूल्य घट्ने संभावना देखिदैन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको