Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सका लगानीकर्ताहरु मालामाल, छोटो समयमै मनग्य मुनाफा

कृष्ण भट्टराई

विहीबार, ०६ फागुन २०७७, १६ : ५७ मा प्रकाशित

शिखर इन्स्योरेन्सका लगानीकर्ताहरु मालामाल, छोटो समयमै मनग्य मुनाफा

पछिल्लो समय नेपालको सेयर बजारले नयाँ मुकाम हासिल गरिरहेकाे छ । सेयर बजारमा दिनहुँजसो नयाँनयाँ रेकर्ड बनिरहँदा बजारमा धेरै लगानीकर्ताहरु मालामाल भइरहेका छन् ।

कोही लगानीकर्ताहरुले लामो समयसम्म लगानी गर्दा पनि कम आम्दानी प्राप्त गरिरहँदा कतिपय कम्पनीका लगानीकर्ताहरुले भने छोटो समयमै मनग्य आम्दानी हाँसिल गर्न सफल भएको बजारमा देखिन्छ । पछिल्लो ४५ दिनमा मनग्य आम्दानी गर्ने लगानीकर्ताहरुमा शिखर इन्स्योरेन्सका लगानीकर्ताहरु पनि अग्रस्थानमा देखिन्छन् ।

सन् २०२० को अन्तिम दिन १६९० रुपैया प्रतिकित्तामा कारोबार भएको कम्पनीको सेयर मूल्य मंगलबार सम्ममा २७३४ रुपैया प्रतिकित्ता पुगेको छ । यो करिब ४५ दिनको अवधीमा यो कम्पनीका लगानीकर्ताहरुले प्रतिसेयर १०४४ रुपैयाँ मुनाफा हासिल गर्न सफल भएका छन् । लगानीकर्ताहरुले यो कम्पनीमा गरेको लगानीबाट ४५ दिनमा नै ६२ प्रतिशतभन्दा बढि मुनाफा कमाएका छन् ।

किन बढिरहेको छ कम्पनीको सेयर मूल्य ?

कम्पनीको सेयर मूल्य यसरी बढ्नुको प्रमुख कारण भनेको कम्पनीले प्रस्ताव गरेको आकर्षक लाभांश नै रहेको लगानीकर्ता तथा सेयर बिष्लेशकहरुको भनाइ छ ।

कम्पनी सञ्चालक समितिको पौष २० गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीहरुलाई ३६.१ प्रतिशत बोनस सेयर र १.९ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) गरी ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा कम्पनीबाट हकप्रद सेयर जारी गरी चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुगेको हुँदा उपरोक्ता लाभांश आगामी वार्षिक साधारणसभाका लागि निर्धारण हुने बुकक्लोजको मितिसम्म कायम हुने सेयरपुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँमा २७.७६९ प्रतिशतले हुने बोनस सेयर र १.४६२ प्रतिशत हुन आउने नगद लाभांश गरी कुल २९.२३१ प्रतिशत हुने पनि कम्पनीले जनाएको छ । कम्पनीले हालसम्म पनि साधारण सभा र लाभांश प्रयोजनार्थ बुकक्लोज मिति भने तोकेको छैन ।

तसर्थ हाल सम्म पनि कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताहरुले लाभांश प्राप्त गर्न सक्नेछन् । त्यस्तै कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रेमाससम्मको बित्तीय विवरणमा पनि कम्पनीको मुनाफामा बृद्धि भएका कारणले पनि लगानीकर्ताहरु आकर्षित भएका हुन् । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद मुनाफा ११.७३ प्रतिशतले बृद्धि भएकाले पनि कम्पनीमा लगानी गर्न लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको