Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोको नाफा ६१.६१ प्रतिशतले घट्यो, इपिएस कति ?

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, ११ : १८ मा प्रकाशित

बरुण हाइड्रोको नाफा ६१.६१ प्रतिशतले घट्यो, इपिएस कति ?

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ८७ लाख ९३ हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा  ६१.६१ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले २ करोड २९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर ३ करोड ५८ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । उक्त आम्दानी गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा  ३३.५३ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियाे । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ हुँदा जगेडा कोषमा एक कराेड १५ लाख रूपैयाँ रहेकाे छ । कम्पनीको प्रतिशेयर आम्दानी (इपिएस) ८ रुपैयाँ ६५ पैसा रहेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ३३ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमास​को वित्तीय विवरण यस प्रकारकाे छ :

60349180dce53.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको