Like us!
Follow us!
Connect us!
Watch us!

अब सेयर बजारको बाटो कता ? यस्तो छ लगानीकर्ता संघहरुको नेता र विश्लेषकको तर्क

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, १६ : २२ मा प्रकाशित

अब सेयर बजारको बाटो कता ? यस्तो छ लगानीकर्ता संघहरुको नेता र विश्लेषकको तर्क

मंगलबार सेयर बजारमा पहिरो गएर राताम्य भएको छ । प्रिओपन सेसनमा  १९ अंकले बढेको सेयर बजार नियमित कारोबार प्रारम्भ भएको केहि मिनटमै ओरालो लागेको थियो ।

 सेयर बजारमा मंगलबार देखिएको करेक्सनलाई कतिपय लगानीकर्ता तथा सेयर बिश्लेषकहरुले प्राविधिक कारणले आएको करेक्सन बताइरहँदा कतिपय लगानीकर्ताहरुले भने सामाजिक सञ्जालमा फैलियको संकटकाल घोषणा हुन सक्ने हल्लाका कारण पनि सेयर बजार ओरालो लागेको तर्क छ । सोमबारको कारोबारमा पनि ३२.३६ अंकले घटेको नेप्से परिसूचक मंगलबार भने प्रिओपन सेसनमा केहि उकालो लागेको थियो तर ११ बजेपछि नियमित कारोबार सुरु भएपछी एकाएक सेयर बजारले ओरालो यात्रा तय गर्यो । मंगलबारको कारोबारको क्रममा कुनै समय ८८ अंकले घटेको नेप्से परिसूचक कारोबारको अन्त्यसम्ममा सम्हालिदै २१ अंकको गिरावटमा खुम्चिएको हो । 

आजको कारोबारमा नेप्से परिसूचक २१.१६ अंकले घटेर २५८६.५१ के बिन्दुमा पुगेको हो । सोमबार र मंगलबार दुइ दिन लगातार आरोलो यात्रा तय गरेको नेपालको सेयर बजारको अबको यात्रा के हुन्छ भनि अर्थसंसारले विभिन्न लगानीकर्ता संघका प्रतिनिधी र सेयर बिश्लेषकहरुसंग कुराकानी गरेको छ ।

 बिष्णु बस्यालः सेयर बिष्लेषक

 सोमबार र मंगलबार सेयर बजारमा आएकोे करेक्सनलाई बजारको सामान्य चक्रका रुपमा बुझ्नुपर्छ । नेपालको सेयर बजारले तत्कालनै कुनै सपोर्ट नपाए नेप्से परिसुचक २३५० को बिन्दु सम्ममा पनि झर्न सक्ने देखिन्छ । सेयर बजारको प्राविधिक पक्षलाई हेर्दा नेप्से परिसुचक २३५० को बिन्दुसम्मा पुग्नुलाई सामान्य रुपमा नै लिन सकिन्छ । 

उत्तम अर्यालः अध्यक्ष, लगानीकर्ता संघ 

नेपाल सामान्य रुपमा हेर्दा सेयर बजार भनेको खरिदकर्ता र बिक्रेताको बिचको द्धन्द्ध हो । बिक्रेताले सकेसम्म बढि मूल्यमा सेयर बिक्रि गर्न खोज्छ भने खरिदकर्ताले सकेसम्म न्यून मूल्यमा सेयर खरिद गर्न खोज्छ । सेयर खरिद गर्न चाहानेले सकेसक्म सामाजिक सञ्जालमा नकारात्मक हल्ला फैलायर सेयर मूल्य घटाउन हरसंभव प्रयास गरिरहेका हुन्छन् त्यस्तो हल्लाबाट लगानीकर्ताहरु जोगिनुपर्ने हुन्छ । नेपालको सेयरबजारमा हिजो आज देखियको करेक्सनको मूख्यकारण भनेको सामाजिक सञ्जालको हल्ला नै हो ।

अहिले सामाजिक सञ्जालमा राजनिति र सेयर बजारका बारेमा हल्ला चलाएर सेयरबजार घटाउने काम भइरहेको देखिन्छ । लगानीकर्ताहरु सामाजिक हल्लाकोपछि लाग्नु भन्दा पनि आफ्नो स्वविवेकको प्रयोग गरि कारोबार गर्न आम लगानीकर्ताहरुलाई अर्याल अनुरोध गर्छन् । संसद पुर्नस्थापनाले राजनीतिलाई कस्तो प्रभाव पार्छ भन्दा पनि अर्थतन्त्रलाई कस्तो प्रभाव पार्न सक्छ भन्ने कुराको आँकलन गरि सेयर कारोबार गर्नु पर्दछ । यो अहिलेको करेक्सन राजनितीक हल्ला र सामाजिक सञ्जालको चलखेलका कारण मात्र भएकाले भोलि पर्सिमै सेयर बजारले उकालो यात्रा तय गर्ने निष्चित छ । 

राधा पोख्रेलः अध्यक्ष नेपाल पुँजीबजार लगानीकर्ता संघ

 बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुराहरुले बजारलाई घटाउँन सहयोग पुर्याउँछ । देशको राजनितिक अबस्था, अन्तराष्ट्रिय आर्थिक मन्दी, प्राकृतिक प्रकोप, तरलता र सराकरको पूँजीबजार प्रतिको दृष्ट्रिकोण , समय समयमा हुँने निति नियमको परिवर्तन बजार मैत्री नहुनु, समय समय फैलने बिभिन्न अफवाहरु रहेका हुन्छन् । देशको अर्थतन्त्र सँग सेयर बजारको भबिष्य जोडिएको हुन्छ । अहिले देशमा राजनितिक अबस्था एकदमै बिग्रदो छ । सम्पुर्ण देशप्रेमीको ध्यान अदालत तिर छ । भोलिको दिनमा राजनितिको भबिष्य कस्तो होला संकटकाल पो लाग्ला कि भनेर आसका सर्वत्र चुलिएको छ । यस्तै बजार पंडितहरु दुई चार दिन बजार बढ्ने र घट्ने यसो गर्नु हुँदैन , बजारले आफ्नो बाँटो तय गर्यो “अब छिट्टै यति सय चुम्छ, उति सय सय चुम्छ“ । यति सम्म घट्छ जस्ता धुनि बजाउन सुरु गर्छन् जुनकुरा बजारका लागि एकदमै घातक हो ।

सेयर बजारको बिषयलाई लिएर समाचार संप्रेषण गर्ने मिडियाहरुले लगानिकर्तालाई सबैभन्दा बढी भ्रमित र आशाबादि पार्ने गरेको पनि पाईन्छ । यस्ता हेडलाईनका समाचारहरु तर्फ पनि लगानीकर्ताले ध्यान पुर्याउने गर्नुपर्छ । सेयर बजारलाई कतातिर डोहोर्याउने भन्ने कुरा लगानिकर्ताको मनोबोज्ञानले नै तय गर्ने बिषय हो। जहाँ अबसर हुन्छ, त्यहाँ चुनौती अबश्य हुन्छ । सेयर बजारलाई जती अबसरको खानिको रुपमा लिइन्छ, त्यस्मा चुनौतिहरु पनि रहेका हुन्छन् भन्ने हामिले बिर्सनु हुँदैन । बजार सँधै बढ्दैन अनि सँधै घट्दैन पनि । बढेपछी घट्छ अनि घटेपछी बढ्छ । बजारका यि दुई प्रमुख सुत्र चिनेर समय अनुसार चल्ने लगानीकर्ताले नै हो बजारबाट कमाउने अनि सँधै टिकिरहने पनि ।

सेयर बजारमा लगानिकर्ताका दुई प्रमुख सत्रु हुन् लोभ र डर वा त्रास । यसबाट हामि सदैव टाढा बस्नुपर्छ । सेयर बजार भनेको दुई दिनको बजार हैन । दुई चार दिन बढ्दैमा अब संसारनै जितीने अनि दुई चार दिन घट्दैमा संसारनै सकिने पनि हैन। बजारको आफ्नै लय हुन्छ, आफ्नै चाल हुन्छ । आफुसँग भएको राम्रो कम्पनीको सेयर मुल्य सोचेजस्तो नबढ्ने तर आधारभुत पक्ष कमजोर भएका कम्पनीको मुल्य तिब्र बेगले बढ्दा आफ्नो सुनलाई पित्तल सम्झेर पित्तललाई चाहिं सुन सम्झेर पोर्ट्फोलियो परिवर्तन गर्नेहरु धेरै भेटिन्छन् जुन सबैभन्दा घातक पनि हुनसक्छ । हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी गर्ने लगानिकर्ता पनि त्यत्तिकै भेटिन्छन्।

अहिलेको समयमा अवसर छ भनेर जहाँ पायो त्यहि लगानि गर्नु भन्दा पनि सजक र सजगतापुर्वक जोखिम बहन गर्न सक्ने गरि लगानी गर्नुपर्दछ । आफुसँग भएको धातु सुन हो कि हैन आफैले चिन्न सक्नुपर्छ । बजारमा पित्तलको भाउँ घट्न लागेको हल्ला सुनेर आफ्नो सुन पित्तलमा बेच्न हतारिनु पनि लगानीकर्ताकै बेवकुफी हुन जान्छ । आँफुले संस्था बलियो र दिगो छानेर कम जोखिमयुक्तमा लगानी गर्नुपर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको