Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको १५% बोनस हितग्राही खातामा जम्मा, तपाईंकाे खातामा आयाे ?

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, १४ : ३१ मा प्रकाशित

आशा लघुवित्तको १५% बोनस हितग्राही खातामा जम्मा, तपाईंकाे खातामा आयाे ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेकाे छ ।

संस्थाको पाैष २५ गते सम्पन्न भएकाे चाैथाे वार्षिक साधारण सभाले पारित गरेकाे १५ प्रतिशत बाेनस शेयर बुकक्लाेज हुँदासम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

त्यसैगरी, संस्थाले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।  संस्थाकाे शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको