Like us!
Follow us!
Connect us!
Watch us!

फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, २० : ५८ मा प्रकाशित

फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले डिजेल र पेट्रोलको मूल्य प्रति लिटर २।२ रुपैयाँ वृद्धि गरेको हो । अब डिजेल प्रति लिटर ९७ रुपैयाँ र पेट्रोल प्रति लिटर ११६ रुपैयाँ पुगेको छ ।

हवाई इन्धनको मूल्य पनि बढेको छ । आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रति लिटर ५ रुपैयाँ बढेको छ भने अन्तराष्ट्रिय उडान तर्फ प्रति किलोलिटरमा २५ डलर वृद्धि गरेको छ । अब आन्तरिक उडानको इन्धनको मूल्य प्रतिलिटर७२ रुपैयाँ भएको छ भने अन्तराष्ट्रिय उडान तर्फ प्रति किलोलिटर ८९३ डलर पुगेको छ ।

वृद्धि गरिएको इन्धनको नयाँ मूल्य सोमबार राति १२ बजेबाट लागु हुनेछ । इण्डियन आयल कर्पाेरेशनले नयाँ मूल्य सूचि पठाएपछि निगमले नेपालमा पनि मूल्य वृद्धि गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको