Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्यो इन्धनको मूल्य

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०७७, २१ : ३३ मा प्रकाशित

फेरी बढ्यो इन्धनको मूल्य

नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल मटितेल, र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ११८, डिजेल १०१ र मटितेल १०१ रुपैयाँ र हवाई इन्धन आन्तरिकको प्रतिलिटर ७४ रुपैयाँ पर्नेछ । हवाई इन्धन (अन्तर्राष्ट्रिय) र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको निमगले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन्स (आइओसी) ले मार्च १६ मा पठाएको मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको