Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थ संसार

शनिबार, ०४ बैशाख २०७८, २१ : ०० मा प्रकाशित

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२१ र डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ पुगेको छ। निगमले आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बृद्धि गरी ७६ रुपैयाँ प्रतिलिटर पुर्याएको छ।

यसअघि निगमले बैशाख ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले चैत ३ गते, फागुन १७ गते, फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

607afc29b7232.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको