Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरको नाफा ३०.६८ प्रतिशतले घट्दा अन्य सूचक के भए ?

अर्थ संसार

आइतबार, १२ बैशाख २०७८, १० : १९ मा प्रकाशित

रिडी हाइड्रोपावरको नाफा ३०.६८ प्रतिशतले घट्दा अन्य सूचक के भए ?

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  

कम्पनीले यस वर्ष तेस्रो त्रैमाससम्म आइपुग्दा २ करोड १४ लाख २४ हजार रुपैयाँ  खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा ३०.६८ प्रतिशत कम हो ।  गत वर्षको सोहि अवधिसम्म कम्पनीले ३ करोड ९ लाख ६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

कम्पनीले रिडी खोला हाइड्रोवाट ४ करोड २८ लाख ७३ हजार रुपैयाँ बराबरको विद्युत विक्री आम्दानी गरेको छ भने बुटवल सोलारबाट ३ करोड ७२ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस वर्ष कम्पनीको कुल सञ्चालन खर्च बढेको छ । गत वर्ष ५४ लाख ६३ हजार रुपैयाँ कुल सञ्चालन खर्च भएको कम्पनीको यस वर्ष २ करोड २३ लाख ४७ हजार रुपैयाँ यो खर्च भएको हो ।  

त्यसैगरी कम्पनीले  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ८ करोड १ लाख ३४ हजार रुपैयाँ बराबरको कुल आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो आम्दानी  ४ करोड ४ लाख २४ हजार रुपैयाँमा सिमित थियो । 

हाल चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम २ करोड २४ लाख ६७ हजाररुपैयाँ छ । यस्तै कम्पनीको  प्रतिसेयर आम्दानी ४.८७ र  प्रतिसेयर नेटवर्थ १०३.८४ रुपैयाँ रहेको छ ।

6084f1f2aba7a.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको