रैराङ हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४.३८ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । 
तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट १७ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा ६४.०२ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट १० करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो । 
 
हाल कम्पनीको चुक्ता पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ४८ लाख रुपैयाँ छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ०३ पैसा र प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ छ ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस