नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइटमार्फत नबिल iCard को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । यस नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकहरुले आफै बैंकको वेबसाइटमा Nabil iCard सेक्सनमा (https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard) गइ Apply Now विकल्प छानि नबिल iCard को लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन ।
यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन्, जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन्। थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्र (०१–५९७००१५) सम्पर्क गर्न सक्नेछन्।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमाआङ्खनो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुविधा ल्याएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस