Like us!
Follow us!
Connect us!
Watch us!

अक्सिजन प्लान्ट स्थापना गर्नेलाई आधार दरमै ऋण

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, १७ : १६ मा प्रकाशित

अक्सिजन प्लान्ट स्थापना गर्नेलाई आधार दरमै ऋण

अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगहरूले आधार दरमै ऋण प्राप्त गर्ने भएका छन् । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराइने व्यवस्था मिलाएकाे हाे । 

निषेधाज्ञाभर बैंकहरुले कुनैपनि जरिवाना लिन नपाउने

त्यसैगरी, राष्ट्र बैंकले हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टको लागि ५० करोड रूपैयाँसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोड रूपैयाँसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । 

60a3a6fbf29d3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको