Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले गर्याे कोरोना रोकथामका लागि आर्थिक सहयोग

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, १९ : २६ मा प्रकाशित

निफ्राले गर्याे कोरोना रोकथामका लागि आर्थिक सहयोग

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले  हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथामका लागि आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई प्रति अस्पताल/आइसोलेसन केन्द्र ७ लाखका दरले ४९ लाख रकम सहयोग गरेको हो । 

बैंकले उक्त सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको