Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले रेकर्ड ब्रेक गरेको साता : १ खर्ब २८ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ती

अर्थ संसार

शनिबार, २९ जेठ २०७८, ११ : २७ मा प्रकाशित

नेप्सेले रेकर्ड ब्रेक गरेको साता : १ खर्ब २८ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ती

यस साता पनि सेयर बजारमा एतिहासिक रेकर्ड बनेको छ । कारोबार रकम र नेप्से परिसूचक दुवैले नयाँ रेकर्ड बनाएका हुन् । आइतबार काराेबार रकम र मंगलबार नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएका हुन् । आइतबार हालसम्मकै उच्च १७ अर्ब २७ कराेड रूपैयाँ बराबरको कारोबार भएर काराेबार रकमले नयाँ रेकर्ड बनाएकाे थियाे भने मंगलबार सेयर बजार २९६० दशमलव १४ विन्दुमा पुगी नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएकाे हाे । इन्ट्रा डे काराेबारमा याे साता नेप्सेले ३ हजारकाे विन्दु नाघिसकेकाे छ । यस साता ५ दिन खुलेको बजारमा २ दिन बजार बढेको थियो भने ३ दिन बजार घटेको थियो ।

सेयर बजारमा सकारात्मक माहाेल देखिँदा लगानीकर्ताहरू पनि आकर्षित छन् । देशभर फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमण न्यूनिकरण गर्न नेपाल सरकारले निशेधाज्ञा लागू गरेकाे छ । साेही कारण लगानीका अन्य क्षेत्रहरू ठप्प छन् । त्यसैले पनि सेयर बजार लगातार उकालाे लाग्न मद्दत पुगेकाे छ ।

यस साता नेप्से परिसूचक ८८ दशमलव ०२ अंकले बढेर २९४४ दशमलव ७८ विन्दुमा पुगी रोकिएको छ । गत साता नेप्से परिसूचक ४१ दशमलव २८ अंकले बढेर २८५६ दशमलव ६७ विन्दुमा पुगी रोकिएको थियो ।

यस साता सेन्सेटिभ परिसूचक पनि १४ दशमलव ७६ अंकले बढेर ५२७ दशमलव ८७ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ९ दशमलव ४१ अंकले बढेर ५१३ दशमलव ११ विन्दुमा रोकिएको थियो ।

कारोबार रकमको कुरा गर्नुपर्दा दैनिक कारोबार रकममा व्यापक उछाल छाएको छ । यस साता थोरैमा १५ अर्ब ८१ करोड र धेरैमा १७ अर्ब २७ करोडको कारोबार भयाे । गत साता औषतमा १३ अर्ब ५६ कराेडको कारोबार भएकोमा यो साता औषतमा १६ अर्ब ६२ कराेडको कारोबार भएको छ ।

बजार पुँजीकरणको कुरा गर्नुपर्दा एक साताभरमा लगानीकर्ताको सम्पत्ती १ खर्ब २८ अर्बले बढेको छ । गत साता ३९ खर्ब ६४ अर्ब रहेको बजार पुँजीकरण यो साता १ खर्ब २८ अर्बले बढेर ४० खर्ब ९२ अर्ब पुगेको छ ।

सूचीकृत उपसमूहमध्ये यस साता पनि विकास बैंक, फाइनान्स कम्पनी र हाइड्राेपावरहरूकाे सेयर सबैभन्दा धेरै बढेको छ भने माइक्रोफाइनान्स, होटल्स र ट्रेडिङ समूहकाे सेयर सबैभन्दा धेरै घटेको छ ।

यस साता सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा रिडी हाइड्रपावर कम्पनी लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । त्यसपश्चात् सबैभन्दा धेरै नाफा कमाउने दोश्रो र तेश्रोमा क्रमश पाेखरा फाइनान्स कम्पनी लिमिटेड र गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

त्यसैगरी, यस साता नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश राधी विद्युत कम्पनी लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ता रहेका छन् ।

सेयर सूचीकरणकाे कुरा गर्नुपर्दा याे साता धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा कम्पनीकाे १ करोड १४ लाख १२ हजार ३ सय ६१ दशमलव ७८ कित्ता सेयर थपिएकाे छ । सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे ८३ लाख ९४ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ), लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २० लाख १० हजार कित्ता सेयर र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.९० काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे १० लाख ८ हजार २ सय ६१ दशमलव ७८ कित्ता सेयर याे साता नेप्सेमा सूचीकृत भएकाे हाे ।

याे पनि हेर्नुहाेस् :

३००० को Resistance बाट फर्केको nepse, अबको हप्ताको कता ? Technical forecast | Jestha 30-Ashad 3

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको