Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसंसार समाचार प्रभावः ४७ नम्बर ब्रोकरले फिर्ता गर्यो पेनाल्टी रकम

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, ११ : २३ मा प्रकाशित

अर्थसंसार समाचार प्रभावः ४७ नम्बर ब्रोकरले फिर्ता गर्यो पेनाल्टी रकम

ग्राहकबाट पेनाल्टीबापत भन्दै ग्राहकबाट असुलेको रकम ४७ नम्बर ब्रोकर (निभ सेक्युरिटीज) ले फिर्ता गरेको छ । ग्राहकसँग निभले मनोमानी ढंगले अर्थसंसार डटकमले पहिलो पटक समाचार प्रकाशन गरेको थियो ।

लगानीकर्ता आशिष महर्जनको खाताबाट बिना पूर्वजानकारी अहिलेसम्मको ब्याज (समयमा भुक्तानी नगरेको पेनाल्टि) भन्दै १० हजार ६ सय ८ रुपैयाँ काटेको समाचार अर्थ संसार डटकमले जेठ २४ गते प्रकाशन गरेका थियो ।

४७ नम्बर ब्रोकरको लुटतन्त्र, ३६ प्रतिशत सम्म पेनाल्टी असुली रहेको आरोप

“उहाँहरुले हामिलाई जति ढिला भुत्नीक्तानी गर्दा पनि पेनाल्टी तिर्नु नपर्ने हामीले चाँहि कहिले काँहि कुने समस्याले २ ४ दिन ढिला भुक्तानी गर्दा पनि यति धेरै पेनाल्टी तिर्नुपर्ने ? महर्जनले अर्थसंसारसँग भनेका थिए । समाचार प्रकाशनपछि दवावमा परेको ब्रोकरले आइतबार उनको मागबमोजिम पेनाल्टीबापत भन्दै काटेको सबै रकम आफ्ना खातामा हालिदिएको महर्जनले जानकारी दिए ।

त्यस्तै गत शुक्रबार मात्र ब्रोकर नम्बर ४५ (इम्पेरियल सेक्युरीटिज) ले जुम्लामा बसेर सेयर कारोबार गर्दै आएका लागानीकर्ता अंगराज चौलागाईले आफूले धितोबापत राखेको रकम ब्रोकरले गायब बनाएको भनेर जानकारी गराएपछि अर्थसंसार डटकमले समाचार प्रकाशन गरेको थियो ।

धितोको रकम इम्पेरियलले गायब पारेको गुनासो, कर्मचारी भन्छन्ः चेक लिन कार्यालयमै आउनु पर्छ

समाचार प्रकाशनको केही समयमै ब्रोकरले चौलागाईको धितोबापतको पैसा फिर्ता गरेको थियो । बजारमा सीमित संख्यामा रहेका धितोपत्र दलाल कम्पनीहरुको एकाधिकारका कारण लगानीकर्ताहरुले दुःख पाइरहेका छन् । अर्थसंसार डटकमले धितोपत्र दलालबाट भोग्नु परेका समस्याहरु उजागर गरेर निरंतर खबरदारी गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको