Like us!
Follow us!
Connect us!
Watch us!

४७ नम्बर ब्रोकरको लुटतन्त्र, ३६ प्रतिशत सम्म पेनाल्टी असुली रहेको आरोप

अर्थ संसार

मंगलबार, २५ जेठ २०७८, २० : १३ मा प्रकाशित

४७ नम्बर ब्रोकरको लुटतन्त्र, ३६ प्रतिशत सम्म पेनाल्टी असुली रहेको आरोप

अहिले नेपालको पुँजीबजारमा लगानीगर्ने लगानीकर्ताहरुको सामाजिक सञ्जालमा ब्रोकरहरु प्रतिको चरम असन्तुष्टि छ्याप्छ्प्ती देख्न सकिन्छ । अधिकांश लगानीकर्ताहरु ब्रोकरहरुको सेवाबाट वाक्क भइसेको सामाजिक सञ्जाल मार्फत बुझ्न सकिन्छ । 

समयमा सेयर खातामा नहालिदिने, समयमा बेचेको सेयरको रकम भुत्तानी नगर्ने र फोन नउठाउने यो त ब्रोकर कम्पनीहरुको पुरानै समस्या हो तर अब ब्रोकरहरुले लगानीकर्ताहरुले सेयर खरिदको रकम समयमै भुत्तानी नगर्ला अचाक्ली ब्याज लिने गरेको तथ्य बाहिरीएको छ । 

फाइनान्स कम्पनीको सेयर मूल्यमा उछाल, बिश्लेषक भन्छन् बेलुनमा हावा धेरै भरियो, कुन दिन फुट्छ !

ब्रोकर नम्बर ४७ अर्थात निभ सेक्युरिटीज ले सेयर किनेको रकम भुक्तानी गर्न केहि ढिला गर्दा ३६ प्रतिशत सम्म पेनाल्टी लगानीकर्ताहरुलाई तिराउने गरेको पाइएको छ । टि प्लस टु को नियम अनुसार लगानीकर्ताहरुले सेयर खरिद गरेको दिनको दुई दिन पछि सेयर हितग्राही खातामा आउनुपर्ने हो तर त्यसो कहिल्यै पनि हुदैन तर लगानीकर्ताहरुले कँहिले काहि विशेष कारण बस भुत्तानी गर्न ढिला हुँदा मन लाग्दी पेनाल्टी तिराउने के यो ब्रोकरको दादागिरी होइन ? लगानीकर्ता आशिष महर्जनले प्रश्न गरे । 

हामिले किनेको सेयर हाम्रो खातामा हाल्न ब्रोकरले ढिला गर्दा हाम्रो लाखौ रुपेयाँ नोक्सानी हुन्छ, त्यसको क्षतिपुर्ति कसले दिने ? मर्ने बेला किराको पनि प्वाख पलाउँछ भनेझै अहिले बजारमा आफ्नो सिन्डिकेटको फाइदा उठाउदै उनिहरुले लुटतन्त्र मच्चाइरहेको आरोप छ उनको ।  

महर्जनले कारोबार गर्ने ४७ नम्बर ब्रोकरले उनलाई बिना कुनै पुर्व जानकारी हिजो (सोमबार,जेठ २४ गते) उनको हिसाबबाट अहिलेसम्मको ब्याज अर्थात समयमा भुक्तानी नगरेको पेनाल्टि भन्दै १० हजार ६०८ रुपैयाँ काटिएको छ । यसबारेमा ब्रोकर संग कुरा गर्न पटक पटक फोन गर्दा उनिहरुको फान उठ्दैन ब्रोकरहरु बाट हामि यसरी लुटिदा हाँमि न्याय माग्न कहाँ जाने उनले प्रश्न गरे । 

“आफ्नो कारोबारको स्टेट्मेन्ट माग्न पनि पटक पटक ब्रोकरलाई हार गुहार गर्नुपर्छ उनिहरुले न समयमा भुक्तानी दिन्छन् न समयमा सेयर नै हाल्छन् मैले गत बैशाख १२ गते बेचेको सेयरको २ लाख ३५ हजार ९६५ रुपैयाँ बैशाख २८ गतेमात्र मेरो खातामा हालेको थियो  विगतमा पनि कैयौँ पटक ब्रोकरले ढिला  रकम भुक्तानी गरेको रेकर्ड मसंग छ उनिहरुले जति जे गर्दापनि लगानीकर्ताहरुले सहनुपर्ने अनि लगानीकर्ताहरुले केहि ढिलागर्दा लगानीकर्ताको ढाड सेक्ने” यो कस्तो अन्याय उनले प्रश्न गरे ।  

कसले रोक्यो ब्रोकर थप्ने प्रस्ताव ? कमिसन खाएको आरोप लाग्दा धितोपत्र बोर्ड किन मौन ?

के थियो बास्तविकता ?

आशिष महर्जनले बैशाख ५ गते निभ सेक्युरिटीज मार्फत २ लाख १ हजार ७७८ रुपैयाँको सेयर खरिद गर्छन उनले यो सेयर खदिगर्नुपुर्व उनले ब्रोकरबाट ३२ हजार १५८ रुपैयाँ पाउनुपर्ने बाँकि रहेको देखिन्छ जसले गर्दा उनले ब्रोकरलाई उक्त सेयर खरिद पश्चात १ लाख ६९ हजार ६२० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ उनले पुनः जेठ ५ गते १८ लाख ६२ हजार ४२४ रुपैयाँ को सेयर खरिद गर्छन र ब्रोकरलाई २० लाख ३२ हजार ४५ रुपैयाँ भुक्तानी गर्नूपर्ने हुन्छ । 

उनले जेठ ७ गते ५ लाख रुपैया तिर्छन, जेठ १२ मा ४ लाख १२ हजार ५१४ रुपैयाँको सेयर बेच्छन्, ११ गते ५ लाख रुपैया र १२ गते २ लाख रुपैया भुक्तानी गर्छन र अन्तिममा १४ गते ४ लाख ३० हजार ९०० रुपैयाँ तिरी उक्त कारोबार भुक्तानी गर्दा उनले ब्राकरबाट ११ हजार ३६९ रुपैयाँ पाउन बाँकि देखिन्छ । 

धितोपत्र बोर्ड तात्यो ! सेयर कर्नरिङ्गबारे थाल्यो अध्ययन

तर जेठ २४ गते उनको हिसाबबाट ब्रोकरले २४ गते सम्मको ब्याज भन्दै ब्रोकरले उनको खाताबाट १० हजार ६ सय आठ रुपैयाँ काटेको छ ।
आँफुले यो पटक समस्याका कारण भुक्तानी गर्न केहि ढिला भएको र ब्रोकरलाई आफ्नो सेयर खातामा पठाईदिनु आधा रकम पहिला भुक्तानी गर्छु र बाँकी सेयर खातामा आएपछि बेचेर तिर्छुभन्दा पनि ब्रोकरले नमानेका कारण भुक्तानीमा केहि ढिला भएको बताउछन् उनि । 

“उहाँहरुले हामिलाई जति ढिला भुत्तानी गर्दापनि पेनाल्टी तिर्नुनपर्ने हामिले चाँहि कहिले काँहि कुने समस्याले २ ४ दिन ढिला भुत्तानी गर्दा यति धेरै पेनाल्टी तिर्नुपर्ने ? अब आँफुले ढिला गर्दाको पेनाल्टी तिर्नुपरेपछि अहिले सम्म ब्रोकरले मलाई जति पटक ढिला भुक्तानी गरेको छ त्यो सबै पटकको ब्याज मैले पाउनुपर्छ न्याय दोहोरो हुनुपर्छ एकलौटी हैन” उनले भने। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको