Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा थपियो ७ कम्पनीको सेयर, कुनको कति कित्ता ?

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, १३ : ३२ मा प्रकाशित

सेयर बजारमा थपियो ७ कम्पनीको सेयर, कुनको कति कित्ता ?

नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जेठ महिनामा ७ कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । जेठ महीनामा धितोपत्र बजारमा एउटा नयाँ कम्पनी थपिएका छन् । सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेड धितोपत्र बजारमा जेठ महिनामा थपिएकाे नयाँ कम्पनी हाे । याेसहित जेठ महिनामा ७ वटा कम्पनीकाे सेयर थपिएको छ ।

जेठ महिनामा नेप्सेमा थपिएका सेयरकाे विवरण यस प्रकारकाे छ :

१. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १:०.९६ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे एक कराेड ८४ लाख ५० हजार ३ सय ८२ दशमलव ३९ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी जेठ ३१ गते, साेमबार सूचिकृत भएकाे हाे ।

२. सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे ८३ लाख ९४ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ) जेठ २५ गते मंगलबार नेप्सेमा सूचीकृत भएकाे हाे । कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि वैशाख २१ गते, मंगलबारसम्म १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियाे । 

३. लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २० लाख १० हजार कित्ता सेयर पनि जेठ २५ गते मंगलबार नै नेप्सेमा सूचिकृत भएको हाे । कम्पनीकाे फागुन २५ गते नक्सालस्थित एलआईसी शिक्षालय हलमा सम्पन्न भएकाे १८ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ बाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशतले हुन आउने बोनस सेयर र ०.५२६३ नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । उक्त बाेनस सेयरधनीहरूकाे हितग्राही खातामा पनि जम्मा भइसकेकाे छ ।

४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे जेठ २३ गते, आइतबार सेयर सूचिकृत भएकाे थियाे । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.९० काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे १० लाख ८ हजार २ सय ६१ दशमलव ७८ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी नेप्सेमा सूचिकृत भएकाे हाे ।

५. एनसीसी बैंक लिमिटेडको "९.५% एनसीसी ऋणपत्र २०८६" काे ३० लाख कित्ता ऋणपत्र सूचिकरण गरिएको हो । बैंकले गत चैत १३ गते, शुक्रबारबाट चैत्र १८ गते, बुधबारसम्म १० वर्ष अवधिकाे लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेकाे थियो । 

६. शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे २७.७६९ प्रतिशत बाेनस बापतकाे ३८ लाख ४० हजार २ सय २ कित्ता सेयर सूचिकृत भएको हाे ।कम्पनीले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बाेनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव गरेकाे थियाे ।

७. सनराइज ब्लूचिप फण्डकाे १२ करोड ५० लाख कित्ता इकाई पनि जेठमा नै नेप्सेमा सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि SBCF सिम्बोल प्रदान गरिएको छ । सनराइज क्यापिटल लिमिटेडले चैत्र १ गते, आइतबारदेखि चैत्र ८ गते, आइतबारसम्म सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियाे । क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये कोष प्रवर्धक सनराइज बैंकलाई १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।

याे पनि हेर्नुहाेस् : 

काका धितोपत्र बोर्ड, नेप्से र विद्युत् नियमन आयोग विरुद्ध अदालत जाने तयारीमा

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको