Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको स्तरोन्नती कार्य सम्पन्न, आजबाट सबै सेवा सुचारू

अर्थ संसार

सोमबार, ०७ असार २०७८, ११ : ०९ मा प्रकाशित

नबिल बैंकको स्तरोन्नती कार्य सम्पन्न, आजबाट सबै सेवा सुचारू

नबिल बैंक लिमिटेडकाे सम्पूर्ण सेवाहरू आज (असार ७ गते, साेमबार) बाट सुचारू भएकाे छ ।

यसअघि बैंककाे Core Banking System (CBS) स्तरोन्नति गर्नुपर्ने भएकाले असार ४ गते, शुक्रबार दिउँसाे ४ बजेदेखि आज (असार ७ गते, सोमबार) बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड (क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक), रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द गरिएकाे थियाे । 

हाल बैंककाे Core Banking System (CBS) स्तरोन्नति कार्य सम्पन्न भएकाे हुनाले आज (असार ७ गते, साेमबार) बाट बैंककाे सम्पूर्ण बैंकिङ्ग सेवा यथावत रूपमा सुचारू भएकाे हाे । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d02410c28ce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको