Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१ प्रतिशत व्याज

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, १८ : ५८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१ प्रतिशत व्याज

ग्लोबल आइएमई बैंक लिमिटेडको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम् ८.०१ प्रतिशतसम्म व्याज पाइने भएको छ । असार १ गतेदेखि लागू हुने गरी प्रकाशित बैंकको नयाँ व्याजदर अनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म व्याजदर उपलब्ध गराउने जनाएको छ । 

साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग प्रयोग गरी सुरक्षित रही घरबाट नै खोल्न समेत सकिनेछ । बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्चतम् प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउँदै आएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

याे पनि :

चन्द्र ढकालको नेतृत्वमा ग्लोबलको लोभलाग्दो प्रगति,नबिलसँग टक्कर 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको