Like us!
Follow us!
Connect us!
Watch us!

आँधिखोला लघुवित्तले साधारणसभा डाक्यो, के-के छन् एजेन्डा ?

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, १० : १३ मा प्रकाशित

आँधिखोला लघुवित्तले साधारणसभा डाक्यो, के-के छन् एजेन्डा ?

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३१ गतेका लागि चौथो वार्षिक साधारण सभाको मिति तय गरेको छ ।

लघुवित्तको साधारणसभा होटल गाँउबेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान साढे ११ बजे बाट सुरु हुने छ ।

सभाले लघुवित्तले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नुका साथै, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पनि सो सभाले पारित गर्नेछ।

धौलागिरी लघुवित्तसँगको मर्जर प्रयोजनार्थ २०७६ पुस ३ गतेदेखि लघुवित्तको दोस्रोबजार कारोबार  रोक्का छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको