Like us!
Follow us!
Connect us!
Watch us!

भ्रामक सूचनाबाट सतर्क रहन ग्लोबल आईएमई बैंकका ग्राहकलाई आग्रह

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १२ : ३१ मा प्रकाशित

भ्रामक सूचनाबाट सतर्क रहन ग्लोबल आईएमई बैंकका ग्राहकलाई आग्रह

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

बैंकले विभिन्न सामाजिक सञ्जालहरू भाइबर, मेसेन्जर, व्हाट्सएप लगायतका माध्यमबाट स्वेदेशी तथा विदेशी नम्बरहरूबाट फाेन, एसएमएस तथा अन्य सन्देशहरू पठाई चिठ्ठा आदि परेकाे भन्दै प्रलाेभन देखाई त्यस्ताे चिठ्ठा बापतकाे रकम प्राप्त गर्न बैंक खाता र बैंक खाता सम्बन्धी अन्य गाेप्य विवरणहरू मागी माेबाइल बैंकिङ्ग तथा अन्य डिजिटल भुक्तानीका माध्यमहरूकाे प्रयाेगबाट ठगी गर्ने प्रयास भइरहेकाे भन्ने बारेमा गुनासाे प्राप्त भइरहेकाे जनाएकाे छ ।

बैंकले बैंकका सम्पूर्ण ग्राहकहरूलाई आफ्नाे खाताकाे विवरण र बैंकिङ्ग काराेबारका क्रममा उपयाेग गरिने विभिन्न डिजिटल प्रविधिसँग सम्बन्धित OTP, Password, PIN जस्ता गाेप्य विवरण र सूचनाहरू कही कसैलाई पनि प्रदान नगर्न र यस्ता भ्रामक सूचनामा विश्वास नगर्न सम्पूर्ण ग्राहकवर्ग र सम्बन्धित सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60dacf22c5646.png

याे पनि हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको