Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिबाट सेयर लगानीकर्ताहरुले गरेको अपेक्षा

अर्थ संसार

शनिबार, १९ असार २०७८, ११ : ०३ मा प्रकाशित

मौद्रिक नीतिबाट सेयर लगानीकर्ताहरुले गरेको अपेक्षा

मौद्रिक नीतिबाट सेयर लगानीकर्ताहरुले गरेको अपेक्षा राधा पोखरेल आर्थिक वर्ष ०७७।०७८ को बजेटबाट बजारको विकासका लागि अपेक्षाकृत सम्बोधन गर्न सकेको छैन । बजेट पूँजी बजारको विकास र विस्तारमा सहयोगी हुन नसकेको प्रष्ट देखिन्छ । यस पटकको मौद्रिक नीतिले समग्र पूँजी बजारलाई कस्तो प्रभाव पार्ला ? शेयर बजारलाई कतातिर डोहोर्‍याउने ? सम्पूर्ण लगानीकर्ताहरु २०७८।०७९ को मौद्रिक नीतिलाई कुर्दै पर्ख र हेरको अबस्थामा छन् ।

बर्षौंदेखि कागजमा सीमित र कार्यान्वयन हुन नसकेका पूँजी बजार सुधारको थप अन्य कुरा सम्बोधन गरिन्छ भन्ने हामीले आशा गरेका छौं। यस वर्ष पनि गत बर्षहरुझैं झारा टार्ने मात्रै नीति होइन लगानीकर्ताका घाउ चहर्याएको वेला मौद्रिक नीतिले उपचारको आश्वासन मात्र होइन सिधै मल्हम पट्टी गर्नेतर्फ लाग्नुपर्छ । बि. सं. २०३३ देखि औपचारिक सुरुवात भएको नेपालको पूँजी बजार ओपन क्राई सिस्टमदेखि अर्ध स्वचालित प्रणाली पार गर्दै नेप्से आजको अभौतिकरण कारोबारको अबस्थामा आइपुगेको छ । तर पनि नेपालको पूँजी बजार पूर्ण रुपमा विकसित हुन सकिरहेको छैन ।अहिलेसम्म पनि अन्तराष्ट्रिय मापदण्ड अनुरुप हुन नसक्नु विडम्बनापूर्ण छ।

लगानीकर्ता समस्यामा पर्दा बलेको आगोमा घ्यू थप्ने काम गर्नु हुँदैन । सरकारको अग्रसरतामा बजारको समस्या र त्यसको सम्बोधनको प्रयास गर्नु पर्छ । मुकदर्शक नबनि संकट परेको वेला उद्धार गर्नु पर्छ । बिदेशमा सेयर बजारमा आउने समस्या हरुको कारण खोजी गरी तुरुन्तै निकारणको प्रयास त्यहाँका सरकारले गर्छन् । त्यसै गरी यहाँको सरकारले पनि अर्थतन्त्रको ऐना मानिने पूँजीबजार प्रति सकारात्मक बन्न सक्नु पर्छ ।

२१ औं शताब्दिको आवश्यकता र मागअनुरुपको विश्व परिवेशसँग प्रतिस्पर्धा गर्न सक्ने पूँजी बजारको विकासमा धेरै काम गर्नु पर्ने देखिन्छ। आर्थिक विकासको लागि पूँजी बजारको बिकास अपरिहार्य छ ।चार दशक भन्दाबढीको समय काटिसक्दा पनि यो बजार अझैं बामे सर्दै गरेको अवस्थामा रहेको हुँदा यसको बिकास र बिस्तारमा सरकार, नियामक निकाय, लगानीकर्ताहरु सहित अन्य सरोकारबालाहरुले ध्यान दिन जरुरी हुन्छ ।

पूँजी बजारको बिकास र बिस्तारको लागि हामीले उठाएका र सम्बन्धित निकायमा बझाएको बजार सुधारको लागी ५८ बुदे माग अल्पकालिन, मध्यकालिन र दीर्धकालिन सहमति भए बमोजिम कार्यान्वययन हुन सकिरहेको छैन ।

यस्ता कामहरु गराउँनतर्फ लाग्नुभन्दा पनि समितिमाथि उपसमिति गठित गर्ने कार्यले पूँजी बजारप्रति लगानीकर्ताको भरोसा टुट्दै गएको छ । जायज मागहरुको समयमै सम्बोधन नहुनाको साथै सम्बन्धित निकायहरु आआफ्नो जिम्मेबारीबाट विमुख रहँदा पूँजी बजार धारासायी हुने छ ।

प्रविधिमैत्री वनाई लगानीकर्ताहरुलाई सूचना प्रविधि नीति लागू गरी बजारमा सहज रुपमा क्षमता अभिबृद्धि गर्दै बजारको बिकास र बिस्तारको स्वच्छ, पारदर्शी र अत्याधुनिक बनाउँदै लैजानु पर्ने आजको टट्कारो आवश्यक्ता देखिएको छ । लगानीकर्ताको हकहित संरक्षण गर्दै, संस्थागत सुशासन कायम गर्दै पूँजी बजारको जोखिमलाई न्यूनीकरण गर्दै, पूँजी बजारको विकास गर्ने कार्यमा दत्तचित्व भएर लाग्नु नै आजको आवश्यक्ता हो ।

लगानीकर्ता समस्यामा पर्दा बलेको आगोमा घ्यू थप्ने काम गर्नु हुँदैन । सरकारको अग्रसरतामा बजारको समस्या र त्यसको सम्बोधनको प्रयास गर्नु पर्छ । मुकदर्शक नबनि संकट परेको वेला उद्धार गर्नु पर्छ । बिदेशमा सेयर बजारमा आउने समस्या हरुको कारण खोजी गरी तुरुन्तै निकारणको प्रयास त्यहाँका सरकारले गर्छन् । त्यसै गरी यहाँको सरकारले पनि अर्थतन्त्रको ऐना मानिने पूँजीबजार प्रति सकारात्मक बन्न सक्नु पर्छ ।

कोरोना भाइरस बिश्वको लागि एउटा महामारीको रुप लिएर आएको छ । यस्मा कुनै दुइमत छैन । बिभिन्न परिस्थितिले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको छ। बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुराहरुले बजारलाई घटाउन सहयोग पुर्याउँछन् । सेयर बजारलाई प्रभाब पार्ने प्रमूख तत्व भनेको बैंक तथा बित्तीय संस्थाले दिने ब्याज दर हो । बैंकमा पैसा राख्दा ब्याज धेरै पाईन्छ भने लगानीकर्ताले सेयरमा लगानी गर्दैनन् । अर्को कुरा सेयर कर्जामा ब्याज महगो हुँदा पनि यो बजारलाई प्रभाब पर्ने नै भयो । देशको राजनीतिक अवस्था, तरलता, ऐन नियमहरु, नियामक निकायबाट समय समयमा जारी हुने निर्देशनहरु लगायतले समेत यो बजारलाई प्रभाब पारिरहेको हुन्छ।

देशको राजनीतिक अबस्था, अन्तराष्ट्रिय आर्थिक मन्दी, प्राकृतिक प्रकोप, तरलता र सरकारको पूँजी बजारप्रतिको दृष्ट्रिकोण , समय समयमा हुँने नीति नियमको परिवर्तन बजारमैत्री नहुनु, समय समय फैलने बिभिन्न अफवाहरुले पनि बजारलाई प्रभावित पार्छन् ।

बजारमा अहिले नयाँनयाँ कम्पनीहरु थपिने र सोही अनुपातमा सेयर संख्या थपिने क्रम बढ्दो छ । सेयर संख्या थपिँदै जाने तर बजारको विस्तार नहुने कारण बजारमा बजारको विकास एवं विस्तारमा प्रतिकूल असर परेको छ । बैंकमा आउने तरलताको कारण बजारमा नकारात्मक असर पर्छ लगानीकर्ताहरुको अर्को टाउको दुखाइको बिषय मार्जिन कल पनि हो । मार्जिन कर्जाको सिमामा हेरफेरका साथै मार्जिन कलमा सकेजति लचकता अपनाउनु पर्छ ।

कहिले काहिँ बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम अभाव देखाइ बेला बेलामा सेयर बजारमा चलखेल गर्छन् । बैंकमा आउने तरलता संकुचनको कारण बजारमा नकारात्मक असर पर्छ । पछिल्लो समय अभिभावक मानिने सरोकारवालाको लगानीकर्तालाई घाँटी अठ्याउँने नीतिले थिलथिलो भएको पूँजी बजारमा यस बिचमा लगानीकर्ताको अपेक्षाको चाँग धेरै छ । यसै सेरोफेरोमा रहेर केही दिनमा नेपाल राष्ट्र बैंकबाट जारी गरिने मौद्रिक नीतिमा देहायबमोजिमको सुधार हुने हो भने पक्कै पनि नेपाली पूँजी बजार गर्व गर्न लायक हुने थियो ।

१, मार्जिन ल्याण्डिगको सिमा यथावत राखिनुपर्छ।

२, बैंक तथा बित्तीय संस्थालाई एक आपसमा गाभिन प्रेरित गरिनु पर्छ ।

३, बैंक तथा बित्तीय संस्थाको पूँजी बृद्धि गर्न प्रोत्साहन स्वरुप बोनस सेयरमा जोड दिनुपर्छ ।

४, मार्जिन कर्जातर्फको ब्याज बुझाउने सिमा आगामी ०७८ पौष मसान्तसम्म थप गरिनुपर्छ ।

५,मार्जिन कर्जातर्फको ब्याज नबढाई यथाबत राख्नतर्फ बिशेष ध्यान पुर्याउनु पर्छ ।

६ बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिनु पर्छ ।

शेयरबजारको लागि बजेटमा भन्दा पनि मौद्रिक नीतिमा अपेक्षा बढी हुने भएकाले समष्टिगत बजार सुधार तथा विकासको लागि यी कुराहरु आबश्यक छन् ।

अन्तमा, २१ औं शताब्द्धिको वर्तमान अबस्थामा पनि ढुँगे युगमा चल्दै गरेको र वजेटले चुम्न नसकेको बजारलाई मौद्रिक नीतिले ४० लाख लगानीकर्तालाई मलम पट्टी लगाउँछ कि थप नुनचूक ? लगानीकर्ताहरु बाटो हेरेर बसेका छन् । अहिलेको मौद्रिक नितीमा लगानीकर्ताहरुको धेरै ठूलो अपेक्षा र चाँसो छ । लगन पछिको पोतेको रुपमा सयम सापेक्ष राहत, निती रनियमनको आवश्यकतालाई लत्याउँदै उहि पुरानै अमृत चित्र कथाको निरन्तरता नहोस यस पालीको मौद्रिक निती ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको