Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र युनाइटेड फाइनान्सलाई एकिकृत कारोबार गर्न जुर्यो साइत

अर्थ संसार

सोमबार, २१ असार २०७८, ११ : ०४ मा प्रकाशित

नबिल बैंक र युनाइटेड फाइनान्सलाई एकिकृत कारोबार गर्न जुर्यो साइत

नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्स कम्पनी लिमिटेडले असार २७ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै कम्पनीलाई असार १५ गते, मंगलबार अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीकाे असार ५ गते, शनिबार सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार १८ गते स्वीकृती प्रदान गरेकाे थियाे ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्न लागेकाे हाे । जस अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि नबिल बैंक लिमिटेडको नाममा ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड रूपैयाँ पुग्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

60e29afc05d70.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको