Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

अर्थ संसार

मंगलबार, २९ असार २०७८, १३ : ०६ मा प्रकाशित

नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ । हिजाे (असार २८ गते सोमबार) आफ्नो ३७औँ वार्षिकोत्सवकाे अवसरमा एक औपचारिक कार्यक्रमकाबीच उक्त प्लान्ट हस्तान्तरण गरिएकाे हाे ।

उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालबीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ । 

कोभिड १९ दोस्रो लहरको अन्त्य सँगै अहिले विश्वको अन्य मुलुकहरुमा तेस्रो लहर फैलिँदै गर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको छ ।  

नबिल बैंक पछिल्लो केही समयदेखी मानव कल्यँणमा निकै आक्रमण रुपले लागि परेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९को महामारी शुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ । गत वर्ष कोभिड १९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको थियो । त्यसैगरी नबिल बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासंग समेत साझेदारी गरी विपद्को पूर्व तयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको