Like us!
Follow us!
Connect us!
Watch us!

सरकार परिवर्तनसँगै बजार घट्न मानेन, नेप्से परिसूचमा झिनो अंकको बृद्धि

अर्थ संसार

बुधबार, ३० असार २०७८, १५ : ०८ मा प्रकाशित

सरकार परिवर्तनसँगै बजार घट्न मानेन, नेप्से परिसूचमा झिनो अंकको बृद्धि

सरकार परिवर्तनसंगै बजार घट्न मानेन, नेप्से परिसूचमा झिनो अंकको बृद्धि 
सेयर बजारले आज (बुधबार) पनि उकालो यात्रा तय गरेको छ । गत बिहीबार र आइतबार बढेको बजार सोमबार भने घटेको थियो। हिजोबाट पुनः उकालो लागेको बजार आज पनि झिनो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १.०१ अंकले बढेर २८७२.०५ मा पुगेको छ । नेप्से ०.०४ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.१४ अंकले घटेर ५३९.३८ मा पुगेको छ ।

कूल २१४ वटा कम्पनीको चार करोड ४६ लाख ३६ हजार ५ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २ सय ५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक घट्दा ५ उपसमूहको परिसूचक भने बढेको छ ।

आज हाइड्रोपावर उपसमूहका कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । आज यो उपसमूहको परिसूचक ७४.९२ अंकले बढेको हो ।

आज सर्वाधिक कारोबार हुने १० कम्पनीहरूमा क्रमशः गोर्खाज फाइनान्स,छिमेकी लघुवित्त, हिमालयन डिष्टीलरी लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नबिल ब्यालेन्स फण्ड २, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक लिमिटेड, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेड रहेका छन् ।

मंगलबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमशः हिमालयन पावर पार्टनर, नेशनल फाइनान्स कम्पनी लिमिटेड, कालिका पावर कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी, सान्जेन जलबिद्युत आयोजना, न्यादी ग्रुप पावर कम्पनी, मल्टिप्रपोज फाइनान्स,सिनर्जी पावर डेभलपमेन्ट, रैराङ हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

मंगलबार सर्वाधिक नोक्सानी व्याहोर्ने १० कम्पनीहरूमा क्रमशः नबिल ब्यालेन्स फण्ड २, एनएमबी ५०, सिद्धार्थ ग्राथ स्किम २, १० प्रतिशत प्रभु बैंक डिबेन्चर ८४, सुर्योदय लघुवित्त, १०.३५ प्रतिशत कृषि विकाश बैंक डिबेन्चर २०८३, प्रभु इन्स्योरेन्स, १०.२५ ग्लोबल आईएमई बैंक डिबेन्चर, महुली सामुदायीक लघुवित्त र सिटिजन म्युचुअल फण्ड रहेका छन् ।

असार लगभग सकिएसँगै ठूला व्यवसायीहरूको कर तिर्ने चाप पनि घटेको छ । त्यसैले पनि अब सेयर बजार बढ्ने संकेत देखिएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने समय पनि नजिकिएको छ । यो सकारात्मक भएमा बजार अझै माथि जाने देखिन्छ । अहिले बैंक र इन्स्योरेन्सहरूको कमाइ पनि राम्रो छ । अब असार सकिएपछि फेरि सूचीकृत कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरणहरू पनि धमाधम सार्वजनिक हुन थाल्नेछ । यी सबै कुरा हेर्दा बजार माथि नै जाने  देखिएको छ ।

अहिले पुँजी बजारको आकार ठूलो बनेको छ । अचानकको राजनितिक परिवर्तनले हिजो बजारमा केही असर परेको भएपनि लगानीकर्ताहरू आत्तिनु पर्ने अवस्था नरहेको विश्लेषक बताउँछन् । दिर्घकालिन रूपमा बजार अझै बढ्ने विश्लेषकहरूको तर्क रहेको छ ।

नयाँ सरकारको अर्थमन्त्रीका रुपमा माओवादी नेता जनार्दन शर्मा आएका छन् । शर्माको आगमनसंगै नेपालको पुँजीबजार पनि विकास हुने बिचार कतिपय लगानीकर्ताहरुले सामाजिक सञ्जालहरु मार्फत व्यक्त गरिरेहको देखिन्छ । उनि विगतमा उर्जामन्त्री रहदा जनताको धेरै नै वाहावाही पाएका थिए । बिद्युत प्राथिकरणमा कुलमान घिसिङलाई त्याउने श्रयनै शर्मालाई जान्छ ।

बिगतमा शर्मा उर्जामन्त्री हुँदा नेपालको लोडसेडिङ अन्त्य गर्न महत्वपुर्ण भुमिका र्निवाह गरेकाले पनि उनिबाट लगानीकर्ताहरुको अपेक्षा बढेको हुनसक्ने बताउछन् अनुभवि लगानीकर्ता शिव पौडेल । अहिलेसम्म शर्मा खासै विवादमा नआएको र जनअपेक्षा अनुसार नै वितमा पनि काम गरेको हुँनाले अब अर्थमन्त्रीका रुपमा उनले लाखौ लगानीकर्ताहरुको भावना बुझ्छन् भन्ने अपेक्षा रहेको पौडेलको तर्क छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको