Like us!
Follow us!
Connect us!
Watch us!

हरियालीका साथ सेयर बजारले गर्यो चालु आर्थिक वर्षको बिदाई, अबको बाटो कता ?

नेप्से

विहीबार, ३१ असार २०७८, १४ : ५७ मा प्रकाशित

हरियालीका साथ सेयर बजारले गर्यो चालु आर्थिक वर्षको बिदाई, अबको बाटो कता ?

सेयर बजारले हरियालीका साथ चालु आर्थिक वर्षलाई बिदाई गरेको छ । सेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।

अब असार सकिएकाे छ । याे सँगै व्यवसायीहरूको कर तिर्ने चाप पनि सक्किएकाे छ । त्यसैले पनि अब सेयर बजार बढ्ने संकेत देखिएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने समय पनि नजिकिएको छ । यो सकारात्मक भएमा बजार अझै माथि जाने देखिन्छ । अहिले बैंक र इन्स्योरेन्सहरूको कमाइ पनि राम्रो छ । अब असार सकिएपछि फेरि सूचीकृत कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरणहरू पनि धमाधम सार्वजनिक हुन थाल्नेछ । यी सबै कुरा हेर्दा बजार माथि नै जाने  देखिएको विश्लेषकहरूकाे तर्क छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ११.३३ अंकले बढेर २८८३.३८ मा पुगेकाे छ । नेप्से ०.३९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.९३ अंकले बढेर ५४१.३१ मा पुगेको छ । कूल २२३ वटा कम्पनीकाे ५ करोड ८५ लाख २ हजार एक सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३ सय २ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60f0018dbb090.jpg

60f00190ef0fc.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे परिसूचक बढेकाे छ ।

60f0019c8ce4c.jpg

बिहीबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : गोर्खाज फाइनान्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, मेरो माइक्रोफाइनान्स संस्थापक सेयर, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, ङादी ग्रुप पावर कम्पनी लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन डिष्टीलरी लिमिटेड रहेका छन् ।

60f001a148062.jpg

बिहीबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : रैराङ हाइड्रोपावर, गणपति लघुवित्त, ङादी ग्रुप पावर, एनआइबिएल समृद्धि फण्ड २, मञ्जुश्री फाइनान्स, लिबर्टी इनर्जी, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, पञ्चकन्या माइ हाइड्रोपावर र मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड रहेका छन् ।

60f001a76ac99.jpg

बिहीबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : मेराे माइक्राेफाइनान्स संस्थापक सेयर, १०.३५ प्रतिशत कृषि बिकास बैंक डिबेञ्चर २०८३, सिभिल लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी संस्थापक सेयर, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, ओरियन्ट होटल, युनिलिभर नेपाल, एनआइसी एशिया ग्रोथ फण्ड र १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर २०८२ रहेका छन् ।

60f001aeee5d8.jpg

अहिले पुँजी बजारको आकार ठूलो बनेको छ । अचानकको राजनितिक परिवर्तनले हिजो बजारमा केही असर परेको भएपनि लगानीकर्ताहरू आत्तिनु पर्ने अवस्था नरहेको विश्लेषक बताउँछन् । दिर्घकालिन रूपमा बजार अझै बढ्ने विश्लेषकहरूको तर्क रहेको छ ।

नयाँ सरकारको अर्थमन्त्रीका रुपमा माओवादी नेता जनार्दन शर्मा आएका छन् । शर्माको आगमनसँगै नेपालको पुँजीबजार पनि विकास हुने विचार कतिपय लगानीकर्ताहरुले सामाजिक सञ्जालहरु मार्फत व्यक्त गरिरेहको देखिन्छ । उनी विगतमा उर्जामन्त्री रहँदा जनताको धेरै नै वाहावाही पाएका थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको