Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता

अर्थ संसार

विहीबार, ०७ साउन २०७८, १३ : १८ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थ सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडमा आयोजित एक कार्यक्रमबीच, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधनसहित) अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका शेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने छ । यसै सम्झौता अनुसार कर्जा लिने साना किसानहरुलाई सहकारीले आवश्यक तालिमको पनि व्यवस्था गर्नेछ । 

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको