Like us!
Follow us!
Connect us!
Watch us!

सेयर गसिपः हकप्रदको हल्लाले जलविद्युत क्षेत्र बुम बुम !

अर्थ संसार

मंगलबार, १२ साउन २०७८, १६ : २८ मा प्रकाशित

सेयर गसिपः हकप्रदको हल्लाले जलविद्युत क्षेत्र बुम बुम !

केहि बर्ष अघिसम्म पनि नेपालका अधिकांश जनतालाई सेयरका बारेमा कुनै पनि जानकारी थिएन । केहि जान्ने बुझ्ने बर्गको पँहुचमा मात्र सेयर बजार सिमित थियो तर अहिले अवस्था परिवर्तन भएको छ नेपालका अधिकांश मानिसहरुका लागि सेयर बजार चासोको बिषय बनिरहेको छ । 

अघिल्लो बर्षको बैशाखमा करिब ४ लाखको संख्यामा आईपिओमा आवेदन पर्ने गरेकोमा अहिले बृद्धि भएर करिब २२ लाखसम्मले आवेदन गरेको रेकर्ड छ ।  डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्या पनि करिब ३७ लाख पुगिसकेको छ । 

सेयर बजारमा आईपिओमा आवेदन गर्नेहरुको संख्या सँगसँगै दोस्रो बजार कारोबार गर्नेहरुको संख्यासमेत उल्लेखनीय रुपमा बृद्धि भइरहेको देखिन्छ । बजारमा लगानीकर्ताहरुको संख्या बढेपछि सेयर बजार सर्वाधिक चर्चाको विषय बन्ने गरेको हो ।

सामाजिक सञ्जाल फेसबुक, क्लब हाउस, भाइबर र ट्विटरदेखि चिया चौतारीसम्म अहिले चर्चाको विषय बन्ने गर्छ सेयर । २ ४ जना साथीहरुको जमघटमा समेत अहिले राजनितिक बहस हुन छाडेर सेयर बजारमा केन्द्रीत हुने गरको देखिन्छ । 

बजारमा लगानीकर्ताहरुको उपस्थिति बढेसँगै बजारलाई प्रभावित पार्न हल्ला पनि चल्ने गर्छन्  । अझ भनौं नियोजित रुपमा यस्ता हल्ला चलाइन्छन् । कतिपय हल्ला (गसिप) पछि सही सावित हुन्छन्, कतिपय हल्ला बजारलाई प्रभावित पारेर फाइदा लिन प्रायोजित रुपमा चलाइन्छन् ।
 
केहि हदसम्म नेपालको मात्र नभएर विश्वकै सेयर बजार हल्ला बाट प्रभावित हुने गरेको देखिन्छ । लगानीकर्ताको सबैभन्दा ठुला क्षमता नै कुन हल्ला प्रायोजित र कुन हल्ला वास्तविक भनेर चिन्नु नै हुने देखिन्छ । जसले प्रायोजित हल्लामा लागेर सेयर कारोबार गर्छ त्यो एक दिन अवश्य पनि फस्छ । 

कुन हल्लामा कति सत्यता छ वा छैन भन्ने कुराको अध्ययन र विश्लेषण गरेरमात्र लगानी गर्दा मात्र त्यो लगानी सुरक्षित हुन्छ । बजार हल्लाका पछाडि  मात्र लागेर लगानी गर्नेहरुले क्षणिक कुनै एक दुई कम्पनीमा मुनाफा हाँसिल गर्न सक्लान् तर दीर्घकालिन रुपमा यसले नोक्सानी ब्यहोर्नु पर्ने हुन सक्छ । त्यसकारण लगानीकर्ताहरुले हल्लाको मात्र पछि लागेरभन्दा अध्ययन गरेर लगानी गर्ने बानीको विकास गर्नुपर्ने जरुरी हुन्छ । 

हामीले नियमित रुपमा यिनै बजारमा फैलिएका विभिन्न हल्ला र गसिपको बारेमा वास्तविकता सहित हाम्रा पाठकलाई पस्किने प्रयत्न गर्नेछौ । हामीले प्रकाशन गरेका विभिन्न बजारका हल्ला र गसिपकै आधारमा कुनै पनि कम्पनीको सेयर खरिद गर्न वा विक्रि नगर्न अनुरोध हाम्रा पाठकहरुलाई गर्दछौ । 

गसिपः हकप्रदको हल्लाले उचालियो जलबिद्युत क्षेत्र

करिब १ महिना अघि सम्म निरन्तर उचालियको जल बिद्युत क्षेत्रका कम्पनीहरुको सेयर मूल्य यो एक महिनामा केहि आरालो लागेको थियो । तर बिगत केहि दिन देदि यो उपसमूहका कम्पनीहरुको सेयर मूल्य निरन्तर बढिरहेको छ । कतिपय कम्पनीहरुको सेयर मूल्यमा त दिनहुँ जसो सर्किट नै लागिरहेको छ । 

बिगत केहि समय अघि पनि सर्वाधिक चर्चाको बिषय बनेको जलबिद्युत कम्पनीहरुलाई बैंकको ऋण तिर्ने प्रयोजनका लागि हकप्रद जारी गर्न दिने भन्ने हल्लाले पुन एक पटक नेपालको सेयर बजार तातिएको छ । अहिले सेयर बजार बृतमा चलेको हकप्रद जारी गर्न दिने हल्लाकै कारण जलबिद्युत क्षेत्रका कम्पनीहरुको सेयर मूल्य बृद्धि भएको लगानीकर्ताहरुको तर्क छ । 

यसअघि विद्युत् कम्पनीहरूले आयोजनामा लगानी गर्ने प्रयोजनका लागि मात्र हकप्रद सेयर निष्कासन गर्न पाउँथे । अब भने बैंकको ऋण तिर्नका लागि पनि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् नियमन आयोगले अगाडि बढाएको बुझिएको छ ।

आयोगले विद्युत् कम्पनीको सेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो ।

आयोगले निर्देशिकाको संशोधित मस्यौदामा सरोकारवालाको राय सुझाव संकलन गरिरहेको छ । त्यसपश्चात् उक्त निर्देशिकाको संशोधित मस्यौदाले अन्तिम रूप पाउने नियमन आयोगले जनाएको छ ।

मस्यौदाअनुसार कम्पनीहरूले बैंकको ऋण तिर्ने प्रयोजन नै भनेर पूर्वस्वीकृतिका लागि आयोगमा आवेदन दिन सक्नेछन् । कम्पनीले आयोगबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न सक्नेछन् । यसरी उठाइएको रकम अन्य प्रयोजनमा खर्च गर्न नपाइने गरी आयोगले प्रस्ताव गरेको बुझिएको छ । 

अर्थसंसारसंगको कुराकानीमा विद्युत नियमन आयोगका सूचना अधिकारी नुतनप्रकाश शर्माले तीन वर्ष देखि निरन्तर नाफामा रहेका हाइड्रोपावर कम्पनीहरुलाई बैंकको ऋण तिर्न हकप्रद निष्कासन गर्न दिने प्रस्तावमा सम्बन्धित निकायहरुसंग सल्लाह सुझाव मागेको बताए । अहिल्यै निष्कासन गर्न दिने भनेर अन्तिम निर्णय भने भइनसकेको उनले बताएका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको