Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको नाफा ४८१.९० प्रतिशतले बढ्यो, इपिएस कति ?

अर्थ संसार

विहीबार, १४ साउन २०७८, ०६ : २४ मा प्रकाशित

मिर्मिरे लघुवित्तको नाफा ४८१.९० प्रतिशतले बढ्यो, इपिएस कति ?

मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा सामान्य व्यापक बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार  गत आर्थिक वर्षको अन्तिसम्म आइपुग्दा संस्थाले २० करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८१.९० प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड ४३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ४९०.१६ प्रतिशतले बढेर ३१ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ५ करोड ३८ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १२९.२० प्रतिशतले बढेर ४४ करोड ३२ लाख रपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४३ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा ३४ करोड ५३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा संस्थाको जगेडा कोषको आकार ३३४.१४ प्रतिशतले बृद्धि भएको हो ।  

खुद मुनाफामा आएको उछालसंगै संस्थाको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा ब्यापक बृद्धि भएको देखिन्छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ३८ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ४०.२२ गुणा रहेको छ ।

समिक्षा अवधिमा संस्थाको ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको बृद्धि र खराव कर्जामा आएको गिरावटले खुद मुनाफामा उछाल आएको हो । विभिन्न लघुवित्त संस्थाहरुलाई आफुमा गाभेको यो लघुवित्त, मर्जर तथा एक्विजिशनपश्चात बलियो बन्दै गएको देखिन्छ।

6101fe36e59e6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको