स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थाको मुनाफामा बृद्धि भएको छ ।
उक्त विवरण अनुसार गत आर्थिक वर्षको अन्तिसम्म आइपुग्दा संस्थाले १५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १६९.६४ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ५ करोड ७२ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
गत आर्थिक वर्षको अन्तिमसम्ममा संस्थाको सञ्चालन मुनाफा पनि ६०५.०६ प्रतिशतले बटेर १३ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ९५ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी, चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३३.९३ प्रतिशतले बढेर ३४ करोड २ लाख रपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ४१ करोड १२ लाख रुपैयाँ र जगेडा कोषमा २० करोड ७३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा संस्थाको जगेडा कोषको आकार ८८.७९ प्रतिशतले बृद्धि भएको हो ।
खुद मुनाफामा आएको बृद्धिसगै संस्थाको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा बढेको देखिन्छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ४२ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३९.९८ गुणा रहेको छ ।
समिक्षा अवधिमा संस्थाको ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको बृद्धिले पनि खुद मुनाफामा उछाल आएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस